एमाले पार्टी कार्यालयमा वडा अध्यक्ष देवकोटामाथि साँघातिक आक्रमण, अवस्था गम्भीर, धनगढी रिफर

20
VIEWS

महेन्द्रनगर । राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशन निर्वाचन मण्डलका सदस्य रविन्द्र देवकोटामाथि एमाले पार्टी कार्यालयमा साँघातिक आक्रमण गरिएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष समेत रहेका देवकोटा उपचारका लागि धनगढी रिफर गरिएका छन् ।

निर्वाचन मण्डलले संघको जिल्ला समितिको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा उनीमाथि संघका नेता कार्यकर्ताले आक्रमण गरेका छन् । उनीहरुले देवकोटालाई हेल्मेट, मुक्का र हातले प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

 

उनको टाउको, छाती लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । महाकाली प्रादेशिक अस्पताल लगिएका उनलाई टाउको चोटका कारण तत्काल रिफर गरिएको थियो ।

युवा संघका लेखा आयोगका केन्द्रीय सचिव प्रविन बोगटी, एमाले जिल्ला कमिटी सदस्य कमल रोकाया, युवा संघका केन्द्रीय सदस्य रोहितजङ्ग कुँबर, संघको जिल्ला अध्यक्षका आकाँक्षी नविन चन्द लगायतले ६/७ जनाको समूहले आक्रमण गरेको देवकोटाले बताए ।

संघका लेखा आयोग सचिव बोगटी सहित रोकाया लगायको समूहले संघको अध्यक्षमा चन्दलाई बनाउन पहल गर्दै आएको थियो । निर्वाचन मण्डलले अधिवेशन आयोजक कमिटीका संयोजक दिनेश विष्टलाई अध्यक्ष बनाएर समिति घोषणा गर्न लागेपछि देवकोटामाथि आक्रमण गरिएको हो ।

देवकोटालाई आक्रमणबाट जोगाउँदा एमाले जिल्ला कमिटी सदस्य प्रशान्त भट्टमाथि प्रहार गरिएको छ । भट्ट र प्रहरीले उनलाई आक्रमणबाट जोगाउन प्रयास गरेका थिए ।

वडा अध्यक्ष देवकोटामाथि आक्रमण भएपछि प्रहरी कार्यालयमा सशस्त्र प्रहरी र जनपद प्रहरी तैनाथ गरिएको छ । वडा प्रहरी कार्यालयका इन्चार्ज प्रकाश भण्डारीले अहिले पार्टी कार्यालयमा अवस्था समान्य भएको बताए ।

संघको बन्द सत्र सुरु भएपछि उनीहरुले शुक्रबार राति निर्वाचन मण्डल घोषणा नहुँदै विवाद भएको थियो । त्यसमा निर्वाचन मण्डलका अध्यक्षमाथि हातपात प्रयास र केही कुर्ची तोडफोड गरिएको थियो ।

एमाले पोलिटब्युरो सदस्य एवम् युवा संघका इन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गरी नयाँ समिति घोषणा गरिएको छ । इन्चार्ज वस्नेतले अधिवेशन उद्घाटन गरेका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार