बेलडाँडीमा उच्च जोखिमका घरधुरीहरुलाई ३ दिने बाख्रा पालन तालिम

292
VIEWS

बेलडाँडी/ २८ साउन । बेलडाँडी गाउँपालिकामा उच्च जोखिमका घरधुरीहरुलाई ३ दिने बाख्रा पालन तालिम दिइएको छ । अक्सफाम र निड्स नेपालको साझेदारीमा बाढी तथा डुवानको उच्च जोखिममा रहेका ३० परिवारलाई ३ दिने बाख्रा पालन तालिम दिइएको निड्स नेपाल बेलडाँडी सहजकर्ता जानकी शाहीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार विपद पूर्व तयारीद्धुत प्रतिकार्य तथा पुनर्लागका लागि समुदायको सवलिकरण परियोजना अन्तर्गत बेलडाँडीमा उच्च जोखिमका घरधुरीहरुलाई बाख्रा पालन तालिम दिइएको बताए ।

शुक्रवार देखि रौलेश्वर आर्दश बहुमुखी क्याम्पसको सभा हलमा दिइएको तालिममा ३० जना सहभागि रहेका थिए । ३ दिने तालिमको सहजिकरण प्रशिक्षक कविराज कठायत र बेलडाँडी पशु साखा प्रमुख सिद्धराज भट्टले गरेका थिए ।


प्रशिक्षक भट्टका अनुसार तालिममा बाख्राको उन्नत जात, बाख्रामा लाग्ने रोगहरु बारे जानकारी लगायत जोखिम न्यूनीकरणको लागि पशुपंक्षीको विमा लगायतको विषयमा तालिम दिनुका साथै खोर मर्मत बारे समेत जानकारी दिइएको बताए ।

यस्तै तालिमको समापन गर्दै बेलडाँडी गाउँपालिका वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले गरिबी हटाउन र जीवनस्तर माथी उठाउन बाख्रा पालनले महत्वपूर्ण भुमिका खेल्ने बताए । आफ्नो उद्देश्य व्यवसायीक रुपमै बाख्रा पालन गर्ने किसान उत्पादन गर्ने भएको बताउँदै उनले तालिममा सिकेको सिप प्रयोग गरेर नमुना व्यवसायी बन्न आग्रह गरेका थिए ।

तालिमपश्चात धेरै कुराहरु सिकेको बताउँदै तालिममा सहभागी रमेश नेपालीले अव आफुहरु धेरै क्षेत्रमा हात हाल्नु भन्दा पनि बाख्रापालनलाइ नै विशेष जोड दिएर आयआर्जनको बाटोमा लाग्ने धारणा राखेका थिए ।

समापन कार्यक्रममा वडा अध्यक्ष इन्द्र बहादुर खडका, निड्स नेपालका ईश्वर उपाध्याय, बेलडाँडी पुश शाखाका प्रमुख सिद्धराज भट्ट, पत्रकार लगाएतको सहभागीता थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार