प्रेस यूनियन कञ्चनपुरको अध्यक्षमा मुस्कान चयन

कञ्चनपुर/ २८ साउन । प्रेस यूनियन कञ्चनपुरको अध्यक्षमा तेजसिह(मुस्कान) चयन भएका छन । नेपाली काँग्रेस निकट पत्रकारको संगठन प्रेस यूनियन कञ्चनपुरको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा मुस्कान चयन भएका हुन ।

सर्वसम्मतबाट कार्यसमिति चयन भएको निर्वाचन मण्डलले जनाएको छ । उपाध्यक्षमा मनोज भट्ट, कुण्दन पाण्डे, किशोर तामाङ्ग, सचिव देबेन्द्र खडका, कोषाध्यक्ष शंकर दत्त अवस्थी, सदस्यहरु जय ब. ऐर, चुडामणी अवस्थी, चन्द्रकान्त जोशी, महादेव अवस्थी, नवराज अवस्थी, कविता गौड,ऐवश्र्वा कुवर, दीर्घराज ओझा,राजमती बम, खडक रावल रहेका छन ।

झण्डै दुई दशकदेखि पत्रकारितामा सकृय युवा पत्रकार तेजसिह मुस्कानले संगठनलाई चुस्तदुरुस्त बनाउनेदेखि आम पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित