नेफिन साउदीको पाचौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा नेफिन राष्ट्रिय समन्वय परिषद, साउदी अरबको आगामी अगस्ट १८ तारिक शुक्रबारका दिन पाँचौ राष्ट्रिय महाधिवेशन सफ्वा साउदी अरब आयोजना हुने

17
VIEWS

पदम बहादुर महता / साउँदी, साउन २९ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद, साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशन आयोजना हुने भएको छ।

 

“आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा” भन्ने मुल नाराका साथ “२९ औं विश्व आदिवासी दिवस” एवम् पाचौं राष्ट्रिय महाधिवेशनको आयोजना हुने भएको छ।

 

विभिन्न नेपाली मौलिक संस्कार, संस्कृति झल्किने सांस्कृतिक कार्यकमका साथ पाचौं राष्ट्रिय महाधिवेशन आगामी अगस्ट १८, शुक्रबारका दिन आयोजना हुने उक्त कार्यक्रमको लागि सम्पुर्ण तयारी पूरा भएको महासंघले जानकारी दिएको छ।

आयोजकका अनुसार , सफ्वाको सादी रिसोर्टमा ‘२९औं विश्व आदिवासी दिवस-२०२३’ का साथै राष्ट्रिय महाधिवेशन विविध सांस्कृतिक कार्यक्रमका बीच बिहान ११:०० बजे देखि साझपाखाको ६:०० बजे सम्म आयोजना गरिने कार्यतालिका तयार गरिएको हो।

कार्यक्रमको सम्पुर्ण अन्तिम तयारीको लागि नेफिन साउदी अरबका सम्पुर्ण पदाधिकारी सम्मिलित छलफल कार्यक्रम समेत गरेको जसमा सम्मेलन लाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सहयोगका लागि नेफिनले सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन् ।

वैदेशिक रोजगारमा नेपालीहरु विभिन्न देशमा जाने गर्छन् त्यहाँ सुखदुःख मा साथ सहयोग गर्ने र पिडामा मलम पट्टी लगाउने सकारात्मक कार्यमा पनि नेपाली नै अग्रसर हुने गरेका छन् । त्यसैले जहाँ रहेता पनि सबैको मनमा यो नेपाली र नेपाल आमाको भाव रहिरहन्छ। त्यसका लागि एकतामा एक ढिक्का हुन जरुरी रहेको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार