कैलालीमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

1
VIEWS

कैलालि:

कैलालीकाे लालपुरमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा आइतबार दिउँसो सु.प.प्र. ०२००१ ह १६५२ नम्बरको अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

लालपुरको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको अटो चालक गोविन्द नेपालीले पैदल यात्री १२ वर्षीय बालक अभिसेक बिकलाई बचाउन खोज्दा अनियन्त्रित भएर अटो दुर्घटना भएको प्रहरीले बतायका छन् ।

अटो पल्टिदा पैदल यात्री बालक सहित अटोमा सवार सोही वडाकी ईन्द्रा साउँद, उनका दुई वर्षीय छोरा दीपक साउँद, सोही ठाउँकी अमृता भट्ट र डोटीको दिपायल सिलगढी नगरपालिका–४ का साईले साउँद घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते बालक अभिसेक वि.क बाहेक अन्य सबैको अवस्था सामान्य रहेको छ । मध्यम अवस्था रहेका बालक अभिसेकलाई उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारि दिएकाे छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार