भीमदत्त ७ का वडाअध्यक्ष चन्दद्धारा ग्रामीण क्षेत्रको खेलकुद विकासका लागि बेलडाँडीको एक क्लबलाई खेलकुद सामग्री सहयोग

573
VIEWS

बेलडाँडी, ३० साउन । भीमदत्त ७ का वडाअध्यक्ष गणेश चन्दले ग्रामीण क्षेत्रका खेलाडीको विकासका निम्ति बेलडाँडीको सिंहपाल युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरेका छन् ।

 

बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको सिंहपाल युवा क्लबलाई भीमदत्त नगरपालिका वडा नं.७ का वडाध्यक्ष चन्दद्धारा खेलकुद सामग्री सहयोग गरिएको हो । ग्रामीण क्षेत्रका खेलाडीहरुको खेलकुदमा लगाम बनोस भन्ने उदेश्यका साथ क्लबलाई जर्सी सहयोग गरिएको क्लबका पुर्व खेलाडी गजेन्द्र थापाले जानकारी गराउनु भयो । क्लबलाई अध्यक्ष चन्दले १२ पिस खेलकुद जर्सी सहयोग गरेको र अन्य सामग्री समेत सहयोग गर्ने आसवासन दिएको थापाले बताउनु भयो ।

वडाध्यक्ष चन्द पुर्व खेलाडी, भारतोलनका ए ग्रेटका रेर्फी तथा कञ्चनपुर खेलकुद महासंघ अध्यक्ष समेत रहेका उनलाई क्लबका खेलाडीहरुले धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सहयोको अपेक्षा गरेका छन् ।

अन्य पालिकाका वडाध्यक्षहरुले आफ्नो पालिकाका क्लबलाई यस्तो सहयोग गर्दा यहाँका अध्यक्षहरु प्रति स्थानीय खेलाडीहरुले प्रश्न उठाउन थालेका छन् ।

युवाहरुलाई कुलत बाट बचाउन पनि खेलकुदमा लगानी हुनुपर्ने उनीहरुको भनाई छ । यस्तो खेलकुदमा लगानी गर्नुपर्छ भन्ने यहाँका जनप्रतिनिधीहरुमा ज्ञान नभएका कारण तुरुन्त यहाँ खेलकुद समिति गठन हुनुपर्नेमा युवाहरुले जोड दिदै आएका छन् ।

बेलडाँडीमा अहिले सम्म खेलकुद समिति पुर्णरुपमा गठन हुन सकेको छैन् । जिल्ला खेलकुद विकास समितिले नियुक्त गरेका अध्यक्ष ठगुन्नाले पदभार गरेको केहि समयमै राजिनामा दिएपछि बेलडाँडी खेलकुद समितिले पुर्णता पाएको छैन् । गाउँपालिले तुरुन्त खेलकुद समितिलाई पुर्णता दिने जनाउदै आएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार