भीमदत्त राजमार्ग पहिरोका कारण  खुल्दै र पुनः  पटकपटक अवरुद्ध हुँदै

18
VIEWS

कैलाली:

पहिरोका कारण एक सातादेखि अवरुद्ध भीमदत्त राजमार्ग सुचारु गर्न सकस भइरहेको छ। निरन्तर वर्षासँगै स–साना पहिरो र माटो खस्ने गरेकाले राजमार्ग निर्वाध रुपमा सुचारु गर्न समस्या भइरहेको छ । पहिरोले सडक क्षतिग्रस्त भएको ठाउँमा नयाँ ट्रयाक खोलिएपछि केही सवारीसाधन पास गरिए पनि अहिले यातायात सेवा ठप्प भएको छ ।

वर्षाले ट्रयाक हिलाम्य भएर गाडी फस्न थालेपछि यातायात आज दिउँसो १ बजेदेखि ५ बजेसम्म काम गर्ने भनेर यातायातका साधन रोकिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिईएको छ ।

 

कैलालीको गोदावरी र बुढीतोलामा गत सोमबार राति पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको हो । पहिरोले करिब चार सय मिटर सडकमा क्षति पुगेको छ। त्यसमध्ये करिब सय मिटर सडक पूरै क्षतिग्रस्त भयको छ।

सडक पूरै बगेको ठाउँमा ट्रयाक खोलिएपछि राजमार्ग आंशिक रूपमा केहि समय चलेपनि हिलो भएको ठाउँमा जालीमा ढुंगा हाल्नुपर्ने भएकाले दिउँसो १ बजेदेखि ५ बजेसम्मका लागि सवारी साधनलाई रोक्ने काम भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनायको छ।

 

प्रहरीका अनुसार आइतबार बेलुका, सोमबार र आज मध्याह्नसम्म एकतर्फी रुपमा यात्रुवाहक र मालवाहक केही सवारीसाधन ओहोरदोहोर भईरहेका छन्।हिलोमा गाडीहरू फस्न थालेपछि बिचबिचमा समस्या हुने गरेको प्रहरीले जनाएको छ। गाडी सञ्चालन रोकेर हिलोले गाडी फस्ने ठाउँमा तारजाली र ग्राभेल हाल्ने काम भइरहेको पहिरो पन्छाउने कार्यमा खटिएका सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर तारानाथ सिग्देलले जानकारी दियका छन् ।

आज बेलुकी ५÷६ बजेपछि पुनः यातायात सुचारु हुने गरी काम भइरहेको उनले जानकारी गराय । सोमबार र मंगलबार केही गाडी ओहोरदोहोर गराइएको सडक डिभिजनले जनाएको छ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख होमप्रसाद सुवेदीले हिलोका कारण केही ठाउँमा समस्या भए पनि केहि समयका लागि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको बताए। आइतबार बेलुकी, सोमबार र आज १२ बजेसम्म यात्रुवाहक र मालवाहक सवारीसाधन ओहोरदोहोर गरेको उनले बताए।

ठूलो पहिरो गएको र करिब सय मिटर सडक बगेकाले दुईतर्फी रूपमा यातायात सञ्चालन गर्न भने समय लाग्ने सडक डिभिजनले जनाएको छ। बर्खापछि मात्र दोहोरो यातायात सञ्चालन गर्न सकिने सुवेदीले जानकारी गराए। सडक डिभिजनले पाँचवटा डोजर लगाएर जतिसक्दो चाँडो राजमार्ग सुचारु गर्ने प्रयास गर्दै आएको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार