बेलडाँडी, ३० साउन । बेलडाँडी गाउँपालिका वडा नं. ४ मा वडा कार्यालय र एम्विसन युवा समाजको आयोजनामा वडाका सडकहरु सफाई गरिएको छ ।
बर्षातका कारण वडाका सडकहरु फोहर हुने फोहरका कारण विभन्न रोग लाग्न सक्ने भन्दै युवा समाजको अगुवाईमा वडा कार्यालय, विओपी झिलमिला, प्रहरी चौकी झिलमिलाको सयुक्त पहलमा वडाका सडकहरु सफाई गरिएको समाजसेवी नैन बहादुर रोकायाले जानकारी गराउनु भयो ।
उहाँका अनुसार युवा समाजले यसै २३ गते जारी गरेको सूचना अनुसार सडकमा अन्त्रित तरिकाले राखेका श्रोत साधन तथा पशुचौपाया बाध्ने कार्य हटाउने सूचना गरेपछि सडकहरु खालि गरिएका छन् । खालि गरिएका ठाउँमा आज बुधवार सफाइ गरिएको छ ।
यसरी टोल समाज बाटोघाटो सफाई गर्नाले विभिन्न रोगबाट बच्न सकिने वडाध्यक्ष विर बहादुर खडकाको भनाई छ । खडका पछिल्लो समयमा नमूना वडा बनाउने अभ्यासमा लागेका छन् । उनले भने नमूना वडा बनाउनका लागि सबै पक्षको साथ सहयोग रहेमात्र यो सम्भव हुने जनाए ।
Discussion about this post