बेलडाँडीका राना समुदायले मनाए भव्यरुपमा तीज कार्यक्रम

बेलडाँडी, २ भाद्र । बेलडाँडी गाउँपालिकामा रहेका राना समुदायले भब्यरुपमा तीज कार्यक्रम मनाएका छन् ।

 

“संस्कृति दिखामए कुरिती हटामए निर्झल समाज बनामए” भन्ने मुल नाराका साथ रानाथारु तिज मिलन और संस्कृतिक कार्यक्रम २०८० बेलडाँडी गाउँपालिका चवन्नी बजारको खुल्ला मञ्चमा एक समारोहका विज मनाइएको हो ।

संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यतामा सिमलडाडी महिला कृषक समूहको आयोजनामा कार्यक्रम गरिएको कार्यक्रमका सभापति रोशनी रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार कञ्चनपुर, कैलालीका मूल निवासी मानिने रानाथारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व मलामास परेपछि आज मनाइएको बताए ।

तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा मानिने गर्दछ । दिदीबहिनी र दाजुभाइ भतिजाको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा यसलाई लिने गरिन्छ ।


आफ्नो रितिरिवाज रहन सहन र संस्कृति झल्काउने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बेलडाँडी थारु नेता सुरेन्द्र रानाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार धेरै समय अघि राना समुदायमा बिरामी फैलिएपछि घरका कमाउने व्यक्तिको मृत्यु भई गरिबी बढेपछि दिदीबहिनीले भगवान् श्रीकृष्णको पूजाअर्चना गरेपश्चात् समाजबाट दुःख, पीडा र गरिबी हटेकाले त्यसै दिनदेखि यो पर्व हाम्रो समुदायमा मनाउँदै आएको जनाए ।

प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिवान सिंह बिष्टले भने “आ-आफ्नो संस्कृति जर्गेना गर्नका लागि सबै पक्षले पहल गर्नुपर्ने बताए । यस समुदायले आफ्ना दाजु,भाई भदैको आयु र द्धिघायुका लागि बर्त बस्ने चलन अत्यन्तै राम्रो रहेको जनाउदै यसको संरक्षणका लागि प्रदेशबाट हुन सक्ने सहयोग आफुले गर्ने बताउनु भयो ।”

विभिन्न थारु संकृति झल्कने नृत्य लगायत कार्यक्रम प्रस्तुत गरिनुका साथै अधिकांस बक्ताले तीजको शुभकामना दिदै यसको संरक्षणमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपाध्यक्ष रामकुमारी राना, पालिका प्रमुख हरिशचन्द्र राना, शान्ती नाथ वडाध्यक्षहरु, राजनितिकदलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, थारु अगुवा लगायत स्थानीय बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित