सुदूरपश्चिमको महान पर्व गौरा आजबाट शुरु

41
VIEWS

सुदूरपश्चिममा आजबाट गौरा पर्व सुरु भएको छ। सुदूरपश्चिमेलीहरुको मुख्य चाड मध्येको एक गौरा पर्व आज विरुडा भिजाएसँगै गौरा पर्वको सुरुवात भएको छ ।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्ति गर्नका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आईरहेको छ।

यो बर्ष ज्योतिषहरुबिच विवादका कारण गौरा पर्व दुई दिन मनाउन थालेका छन् । केही ठाउँमा भदौ ७ गते गौरा पर्व मनाउने र केही ठाउँमा भदौ २१ गते गौरा पर्व मनाईने भएको छ। भदौ ७ गते गौरा पर्व मनाउनेले आज विरुडा भिजाए संगै गौरापर्व शुरु गरेका छन। गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर गौरा पर्वको थालनी गरेका छन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार