अनुगम गर्ने निकाय फोटो खिच्नमै ठिक्क भएपछि कसले बुझिदिने बेलडाँडी ३ गड्डाका किसानको समस्या ?

205
VIEWS

बेलडाँडी, ५ भाद्र । केहिदिन पहिला परेको अविरल बर्षाका कारण खल्ला क्षेत्रका किसानको बालिनाली डुवान भई सखाप भएको छ । डुवानका कारण लगाएको खेतिबाली नष्ट भएपछि बेलडाँडी गाउँपालिका वडा नं.३ का किसान चिन्तित बनेका छन् ।

 

डुवान भएका डाडा क्षेत्रमा अनुगमनको नाममा फोटो खिच्ने अनुगम कर्ताले बेलडाँडी ३ गड्डाका किसानको समस्या बुझ्न नसकेपछि काटिएको घाउँमा चुक हाले जस्तो किसानले महसुस गरेका छन् ।

चुनावका बेला ठुलै भाषण दिने जनप्रतिनिधीहरु किसानलाई समस्या पर्दा चुइक्क नबोलेको उनीहरुको आरोप छ । समाजिक संजालमा बाघ छोपे जस्तो हल्ला गर्ने अनुगमन कर्ताले अहिले सम्म उक्त क्षेत्रको बारेमा अध्ययन अनुसन्धान गरि उचित व्यवस्थापन गर्न सकेका छैनन् ।


बेलडाँडी ३ गड्डाका किसान तिलक क्षेत्री राहुलले आफ्नो फेसबुकमा एक स्टाटस राख्दै किसानका दुःख ब्यक्त गरेका छन् ।

उनले यस्तो लेखेका छन् – बेलडाँडी गा .पा .वाड न .३ मा रहेको धान खेतीको यो स्थिती छ यसको पिडा कहिले बुजिदिने हाम्रा जनप्रतिनिधि ज्युहरुले पटक पटक भन्दा पनि हा मात्रै गर्ने काम चाहिँ नगर्ने अब यसको समाधान कसले सुनिदिने, सायद जनप्रतिनिधि ज्युहरुको खेत यहाँ नभएको हुनाले पनि हदै सम्मको लापरबाही देखिन्छ, अब प्रत्येक खेत डुबानमा परेका किसान एक हौ यो आउने पानीको मुहान बन्द गरौ, गन्द्नाला देखि कसैलाई वोबानोमा राखेर कसै लाई डुबान मा नपारौ, भन्दै दुखेसो ब्यक्त गरेका छन् ।

वडा नं. ४,५ र ३ हुदै भारत निकास हुने पानी भारत साइट सफाई नहुदा सो क्षेत्रमा पानी थुनिएर लगाएको बाली धान, उखु सखाप भएको छ । उचित ढल निकास नहुदा यहाँका किसान बर्षेनी समस्यामा पर्दै आएका छन् ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार