भीमदत्तका उपप्रमुख लेखकद्वारा वजारका ट्युसन सेन्टरमा छड्के अनुगमन, पहिलो चरणमा प्रक्रियामा जान सुझाव

208
VIEWS

कल्पना साउद,महेन्द्रनगर ५ भाद्र । भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखल जोशी नेतृत्वको टोलिले महेन्द्रनगर बजारमामा संचालित ट्युसन सेन्टरहरुमा छड्के अनुगमन गरेको छ ।

 

मंगलबार नगर क्षेत्रभित्र संचालित मन्टेश्वरी र ट्युसन सेन्टरहरु नगरपालिकाबाट अनुमति लिई विधिवत रुपमा संचालन भएका छन वा छैन,नविकरण तथा पालिकालाई राजश्व तिरे नतिरेको बुझ्न अनुगमन गरिएको नगर उपप्रमुखको सचिवालयले जनाएको छ ।

 

अनुगमन समितिका संयोजक तथा उपप्रमुख लेखक जोशीका अनुसार अनुगमनका क्रममा नगरपालिकाबाट अनुमती नलिएका र राजश्व नतिरेका ट्युसन सेन्टर, मन्टेश्वरीलाई पहिलो चरणमा सम्झाई बुझाई गरि अनुमती लिन र नवीकरण गर्न निर्देशन दिइएको जनाईन ।

 

अनुगमनमा नगर उपप्रमुख लेखक, सामाजिक बिकास समितीका संयोजक सुशिल कुमार भट्ट , नगर शिक्षा समितीका सदस्य जगत बहादुर चन्द, निर्मला जोशी, निलम आले, शिक्षा शाखा प्रमुख कलावती कुमारी मिश्र भट्ट , शिक्षा शाखा प्रा.स दिपेन्द्र बिष्ट सहितको टोलिले अनुगमन गरेको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार