पिडितको घाउमा मलम लगाउन कांग्रेस क्षेत्रीय सभापति उपाध्याय पुगेपछि..

98
VIEWS

बेलौरी, ६ भाद्र । कञ्चनपुर क्षेत्र नं.१ नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले १२ बर्ष देखि राज्यले वेवास्था गरेका प्यारालाइसिस विरामीलाई भेटेर केहि मलम लगाउने कार्य गरेका छन् ।

 

पीडितको पीडामा मलम लगाउन जुटेका युवा नेता उपाध्यायले आफ्नो फेसबुकमा बेलौरी नगरपालिका वडा नं.६ सिसमघाडीका प्यारालाइसिस पिडित कान्छा चौधरीको घरमै पुगेर उनको अवस्थाको बारेमा बुझदै मलम लगाउने प्रयत्न गरेका छन् ।

पिडित चौधरीले सरकार छ भन्ने अनुभुति गर्न नपाएपछि सभापति उपाध्याय आफै पछिल्लो समयमा समुदायमा लुकेर रहेका यस्ता पिडितहरुलाई खोज्दै राज्यबाट पाउनु पर्ने सेवासुविधाका बारेमा जानकारी दिदै उनीहरुको न्यायका लागि आवाज उठाइ राख्नु भएको छ ।

उनले आफ्नो फेसबुकमा पिडित चौधरीको दर्दनाक खतलाग्दो भिडियो सार्वजनिक गर्दै यस्तो लेखेका छन् । बेलौरी नगरपालिका वाड न ६ सिसम घाडी,नगरपालिका कार्यालय बाट मात्र ४–५ सय मिटर दुरिमा रहेको कान्छा चौधरी अहिले सम्म राज्यको आखाले नदेखेको मान्छे आज म उहाँकै घरमा गएर समस्या बुझ्ने कोसिस गरेको छु ।

मैले कान्छा चौधरी भाइ सित कुरा गर्दा उहाको पिडाले मेरो हिर्दय निकै रोएको छ, आवश्यक सहयोगको लागि राज्यको ध्यानाकर्षण गराउन चाहन्छु भन्दै स्टाटस राखेका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार