संसदीय दलबाट शोक प्रस्ताव पारित

काठमाडौं :

नेकपा (एमाले) का दिवंगत उपाध्यक्ष, संसदीय दलका उपनेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकबाट शोक प्रस्ताव पारित गरिएको हो ।

 

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दायाँपट्टि नेम्वाङ सधैँ बस्ने स्थान खाली राखेर ‘भारी मनका साथ’ उनलाई सम्झिएको सांसद सूर्य थापाले जानकारी दिएका छन् ।

“आफ्नो दायाँपट्टि सोफाको सधैँ बस्ने स्थान खाली राखेर संसदीय दलका नेता केपी शर्मा ओलीले भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनुभयो,” थापाले भने ।

नेम्वाङप्रति एमालेले श्रद्धाञ्जली व्यक्त गरेको हो । गएको मंगलबार बिहान हृदयाघातबाट निधन भएका नेम्वाङको बिहीबारै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित