गैडाको आक्रमणमा परी बेलडाँडीकी एक महिलाको मृत्यु

728
VIEWS

बेलडाँडी, २९ भदौँ । गैडाको आक्रमणमा परी कञ्चनपुरको बेलडाँडीकी एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान ८:३० बजे गैडाको आक्रमणमा परी बेलडाँडी गाँउपालिका-२ क्याम्प गाैडीकी मोेती कुमारी रावत (बेलमती)को मृत्यु भएको हो ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट कालिकिच छेउमै आएको गैडाको आक्रमणमा परी ५९ बर्षिया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहानै घर नजिक जंगलछेउ गएकी उनलाई गैंडाले आक्रकण गरेको थियो ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले जंगल छेउमै घर भएकी बेलमती तरकारीका लागि च्याउ टिप्प जंगल गएकी बताए ।

गैडाको आक्रमणमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रवक्ता डाँगीले बताए । प्रहरी मुचुल्का अनुसार भीम बहादुर थापाको जमिन देखि ३ सय मिटर उत्तर जंगलमा घटना घटेको जनाईएको छ ।
बेलमती संगै रहेका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार