कैलाली:
कैलालीको घाेडाघाेडि नगरपालिकाकाले नगर सरसफाइ अभियानलाई निरन्तरता दिएको छ । महिनाको अन्तिम शुक्रवार सरसफाइ गर्ने अभियान अन्तर्गत वडा नम्बर ११ मा रहेका सार्वजनिक क्षेत्रहरूमा सरसफाइ गरीएको छ ।
वडा नम्बर ११ मा रहेको पहलमानपुर स्वास्थ्य चौकी,वडा कार्यालय, पहलमानसिंह मेमोरीयल विद्यालय र आदर्श प्रावि क्षेत्रमा नगरपालिकाको टिमले सरसफाइ गरेको छ। हरेक महिनाको अन्तिम शुक्रवार सरसफाइ गर्ने नगर सभाले निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार पालिकाले हरेक महिनाको अन्तिम शुक्रवार सार्वजनिक क्षेत्रहरूमा सरसफाइ गरेको छ । नगरपालिका भित्रका सार्वजनिक क्षेत्रहरू स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्य सहित हरेक महिनाको अन्तिम शुक्रवार सरसफाइ अभियान संचालन भए सँगै यसलाई निरन्तरता दिएको पालिकाले जानकारि दिएकाे छ ।
सार्वजनिक क्षेत्रका निकायलाई सूचना नदिएर एक्कासि गएर सरसफाइ गर्ने गरेको नगर प्रमुख खडक बहादुर रावतले बताए । मानिसलाई शाररीक र मानसिक रुपमा स्वच्छ राख्नको लागी यो अभियानले राम्रो सन्देश प्रवाह गर्ने उनको भनाई छ । सम्बन्धित निकायलाई समय समयमा विभिन्न क्षेत्रहरू सरसफाइ गरेर स्वच्छ, सुन्दर र सफा राख्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले बताए ।
नगरपालिको टिमले एक्कासि गएर सरसफाइ गर्दा उहाँहरूलाई नैतिक प्रश्न खडा भएको उनको भनाई छ । घोडाघोडी नगरपालिकाकाले यो अभियान साउन २६ गते बाट सुरु गरेको थियो ।
Discussion about this post