बेलडँडीमा बृहत मौलिक तीज कार्यक्रम शुरु भोली पनि हुने

बेलडाँडी, भाद्र ३१ । बेलडाँडी गाउँपालिकामा रहेको समुदायमा आधारित कञ्चन सामुदायिक विकास केन्द्रको आयोजनामा बृहत मौलिक तीज कार्यक्रम शुरु भएको छ ।

सामाजिक परिवर्तनसँगै बढ्दो बैदेशीक देखासिकीका कारण पुरानो मौलिक तीज लोप हुन थालेपछि विकास केन्द्रले बेलडाँडी चवन्नी बजारको खुल्ला मञ्चमा मौलिकता झल्किने तीज कार्यक्रम गरेको सामुदायिक विकास केन्द्रकी व्यवस्थापक गिता राना क्षेत्रीले जानकारी गराउनु भयो ।


उहाँका अनुसार परम्परागत लोकलय र वाद्यवादन शैली सहित पुरानो मौलिकता झल्किने खालको तीज कार्यक्रम प्रस्तुति गरिनुका साथै कार्यक्रममा सहभागि भएकाहरुलाई दर खुवाउने कार्यक्रम गरिए जनाए । आज १ दिन पुरानो मौलिक संस्कृति झल्किने तीज कार्यक्रम गरिएको र भोली पनि मौलिक तथा आधुनिक तरिकाले तीज मनाइने वहाँले जनाउनु भयो ।


कार्यक्रममा बोल्दै पालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरिशचन्द्र रानाले “तीज तथा अटवारी पर्वको शुभकामना दिदै पुरानो रितिरिवाज तथा संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।” हिन्दु नारीहरुले मनाउने हरितालिका तीज पर्वलाई सबै पक्षबाट सघाउनु पर्ने बताए ।

यस्तै उपप्रमुख शान्ति नाथले भनिन् “अझै महिला सशक्त हुनुपर्नेमा जोड दिनु भयो ।” उनले यो तीज कार्यक्रम महिलाको भएकाले यसको प्रमुख अतिथि समेत महिला हुनुपर्ने जिकिर गर्दै अधिकार मागेर होइन खोसेर लिनुपर्ने बताई ।

यस्तै वडा नं.२ का अध्यक्ष नारद सिंह उर्यालले भने “यस्तो कार्यक्रम महिलाको मात्र हो भनेर पुरुषहरुले पन्छिन नमिल्ने भन्दै यस्ता कार्यक्रमहरु परुष पक्षबाट सघाइदिनु पर्नेमा जोड दिए ।”

कार्यक्रमका सभापति सरिता कुमारी रोकाया बोगटीले समुदामा आधातिर यस संथाले समुदाय विकासका निम्ति विभिन्न कार्यक्रम गरेका बताए । उनका अनुसार पालिकाको सहयोगमा यो कार्यक्रम सम्मपन्न गर्न गइरहेको बताए । पालिका र यस केन्द्रको सम्वन्ध नङ र मासुको जस्तो हुनुपर्ने भन्दै आफुहरुको संस्थाले गरेका राम्रो कामको मुल्याङकन समेत गरिदिन आग्रह गुर्न भयो । भोलि पनि बृहत कार्यक्रम भएकाले सम्पुर्णमा निमन्त्रण गर्नु भयो ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रको सभापतित्व कञ्चन सामुदायिक विकास केन्द्रकाकी अध्यक्ष सरिता रोकाया बोगटीले गर्नु भएको थियो । यस्तै विशिष्ट अतिथि पालिका उप प्रमुख शान्ति नाथ, पालिका भरिका वडाध्यक्षहरु, राजनितिक दलका प्रतिनिधीहरु, पालिकाकाका जनप्रतिनिधी, विभिन्न संघ संस्था समूहका प्रतिनिधी, सुरक्षाकर्मी, पत्रकार लगायत स्थानीय बासीको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित