राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम गर्दै मनायो एमालेले संविधान दिवस

18
VIEWS

काठमाडौँ । राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम गर्दै नेकपा एमालेले संविधान दिवस मनाएको छ ।

काठमाडौँको नक्सालस्थित नारायणचौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना गरि कार्यक्रम मनाएको एमालेले जनाएको छ ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायताका नेता कार्यकर्ताहरूले सेल्फी खिचाएका थिए । कार्यक्रममा राष्ट्रिय झन्डाको अलावा लोकतन्त्र, गणतन्त्र र संविधान लेखिएका वोर्डहरु समेत राखिएका थिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार