रास्वपाका धामीको सहयोगमा विद्यार्थीले बेलडाँडीमा मनाए संविधान दिवस

बेलडाँडी, असोज ३ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेज सिंह धामीको सहयोगमा रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बेलडाँडीको चवन्नी बजारमा संविधान दिवस मनाएका छन् ।

संविधान दिवस २०८० को उपलक्ष्यमा बेलडाँडी गाउँपालिकाको चवन्नी वजारमा एक कार्यक्रमको आयोजना गर्दै नेपालको नक्सामा दीप प्रज्ज्वलन गरिएको स्ववियु सभापति दिलेन्द्र प्रासद बडुले जानकारी गराउनु भयो ।

रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसका स्ववियु सभापति दिलेन्द्र प्रसाद बडुको सभापतित्वमा चवन्नी बजारको मल्लो चोकमा नेपालको नक्सा र झन्डाको चित्रमा दीप प्रज्ज्वलन गरिएको थियो ।

विकास बिष्ट र भास्कर भट्टले संचालन गरेको कार्यक्रममा स्वागत मनतब्य महेश खडकाले राखेका थिए भने प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ रहेकि थिइन । बिशिष्ट अतिथिमा गाउँपालिका निर्वतमान उपाध्यक्ष कमला देबी कार्की, स्वतन्त्र पार्टीका सभापति तेज सिंह धामी, वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल, निर्वतमान वडाध्यक्ष प्रेम राज खाती, सदस्य गणेश बिष्ट, शंकर भट्ट लगायत समाजसेवी, ब्यापारी, बुद्धिजी विद्यार्थीहरुद्धारा मैनबत्ती प्रज्वलन गरिएको थियो ।

दिप प्रज्ज्वलन सहित राष्ट्रिय गान गाएर कार्यक्रम गरिएको सभापति बडुले जानकारी गराउनु भयो । उहाँका अनुसार २०७२ साल असोज ३ गते संविधान घोषणा भएको दिनको सम्झनामा संविधान दिवस मनाउने गरेको बताए । संविधानको रक्षा हामी सबैले गर्नु पर्ने बताउदै संविधान धेरै कुरामा संसोधन गरिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित