बेलडाँडी, आसोज ३ । कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रमा डिउटीमा रहेका स्वास्थ्यकर्मीलाई नेपाली काँग्रेसका युवा नेता राम बहादुर खडका रामुले कुटेको भन्दै स्वास्थ्यकर्मीहरु न्याय माग्दै आन्दोलमा होमिएका छन् ।
मिति २०८० असोज २ गते राति १२ बजेको समयमा कंचनपुर जिल्ला बेलौरी नगरपालिकाको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक सेवामा उपचारका लागि आएक व्यक्तिको उपचारमा खटिएका स्वास्थ्यकर्मी अ.हे.व.नरेन्द्र प्रसाद गैरे माथि ड्युटी कै समयमा योजनावद्ध तरिकाले अभद्र व्यवहार, गालि, अपमान हातपात बदनियतपूर्वक अमानवीय ढंगमा आक्रमण गरेको प्रति बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रको समेत गम्भीर ध्यानाकर्षण भएको छ ।
स्वास्थ्यकर्मी नरेन्द्र गैरेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो ज्यानको बाजी राखी अहोरात्र निःस्वार्थ सेवामा खटिएका स्वास्थ्यकर्मीहरु माथि भएको सांघातिक हमलाले देश भरका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल गिरेको र निरुत्साहित भएको कुरा यथार्थ देखिएको छ ।
तसर्थ उक्त घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित पक्षलाई जोडदार माग गरेका छन् । साथै कार्वाही नभएसम्म मिति २०८० असोज ०४ गते भोलि देखि बेलडाँडी स्वास्थ्य केन्द्रबाट समेत स्वास्थ्य सेवा प्रदान गरिने आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिने व्यहोरा समेत जानकारी गराएको छ । यस अवधिमा सेवाग्राहिमा पर्न जाने असुविधाप्रति क्षमाप्राथी हुदै बेलडाँडी प्राथाकि स्वास्थ्य केन्द्रले समेत एक्यवद्धता जनाएको बेलडाँडी जनस्वास्थ्य निरीक्षक रामदत्त जोशीद्धारा हस्ताक्ष्रित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै यस भन्दा पहिला श्रीपुर प्राथामिक स्वास्थ्य केन्द्रले समेत विज्ञप्ती निकाल्दै उक्त कुरा उल्लेख गरेको छ । पिडित स्वास्थ्य कर्मचारीले न्याय नपाउन्जेल सम्म उक्त केन्द्रबाट प्राप्त स्वास्थ्य सेवा आकस्मिक बाहेक सबै सेवा ठप्प पारिने जनाएको छ ।
Discussion about this post