आज राष्ट्रिय स्वतन्त्र पार्टीले बेलडाँडीमा बृहत जनसभा गर्दै

बेलडाँडी, असोज ४ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी गाउँसमितिको आयोजनामा आज बिहिवार बृहत जनसभा हुने भएको छ ।

 

जनसभालाई सम्वोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय स्तरका नेता बेलडाँडी आउन लागेको बेलडाँडी सभापति तेज सिंह धामीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार फोहोरी राजनितिमा देश रुमलिएको अवस्थामा देशलाई निकास दिन राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको जनाउदै अहिलेको परिवेश र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्य दिशाका बारेमा नेताहरुले स्पष्ट जानकारी गराउने कार्यक्रम रहेको बताए ।

सभामा सबै राजनितिक दल, समाजसेवी, युवा, व्यापारी, बुद्धिजीवि लगायत सम्पूर्ण बेलडाँडी बासीहरुलाई माइकिङ् गर्दै आवहान गरिएको धामीले जनाए ।

दिउँसो चवन्नी वजारको सभापतिकै सभाहलमा हुने कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता १. कविन्द्र बुर्लाकोटी(केन्द्रिय सहमहा मन्त्री) २.माननीय विराज भक्त श्रेष्ठ(प्रतिनिधि सभा सदस्य तथा संसदीय दलका उपनेता) ३.दीपक बोहरा( केन्द्रीय सदस्य) ४.विजय जैरु (केन्द्रीय सदस्य) ५. ज्ञानेन्द्र महता ( संगठन विभाग सदस्य तथा सुदुर पश्चिम इन्चार्ज) ६. नरेन्द्र चन्द ( केन्द्रीय गुनासो विभाग सदस्य) ७. प्रकाश बिष्ट (प्रदेश सभापति ) लगायतका नेताहरु बाट सभालाई सम्बोधन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित