श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी गैरेमाथि हातपात गर्ने व्यक्ति पक्राउ

159
VIEWS

 कञ्चनपुर:

कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात भएको कुरा उठाएका थिए। उक्त घटना गम्भीर भएकाले तत्काल गृह मन्त्रालय प्रशासनले कारबाही गर्नुपर्ने माग गरेका थिए। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समिति कक्षबाटै कञ्चनपुरको प्रहरी नेतृत्वसँग कुरा गरेर उक्त घटनाबारे जानकारी लिएका थिए।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले उक्त घटनामा संलग्न गैरेमाथि आक्रमण गर्ने बेलौरी नगरपालिका गोकुलपुरका रामबहादुर खड्का पक्राउ परिसकेको जानकारी दिएका छन् ।

बिरामीको उपचार गर्ने क्रममा खड्काले उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।

उपचारमै खटिएका बेला स्वास्थ्यकर्मी माथि हातपात भएको थियो
स्वास्थ्यकर्मी भन्छन् (रक्सी खाएर आएका व्यक्तिले एक्कासि घाँटी समातेर कुट्न थालेका हुन्

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार