बैतडी:
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलमा १९ वर्षीया युवती मृत अवस्था मा फेला परेकी छन् । बुदीलकी स्थानीय चन्द्रा विष्ट बिजुलीको पोलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टका अनुसार शुक्रबार दिउँसो १ बजेतिर घरभन्दा डेढ सय मिटरको दूरीमा रहेको विद्युत्को पोलमा चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
सनातन धर्म माध्यमिक विद्यालय खोचलेकमा कक्षा १२ मा अध्ययनरत विष्टको मृत्युको कारण भने खुलिनसकेको उनले बताए । घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post