सरकार र शिक्षकहरु बिच सहमतिपछि आन्दोलन फिर्ता

48
VIEWS

काठमाडौँ:

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने भएका छन् ।

सहमतिपछि सञ्चारमन्त्री रेखा शर्माले सहमतिअनुसार शिक्षकहरुको आन्दोलन भोलिबाटै फिर्ता हुने बताइएकि छिन्। ‘शिक्षक महासंघका प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो ।

संसदीय सर्वोच्चता र मागमा छलफल हुँदा शिक्षा विधेयकलाई परिमार्जन गर्दै अघि बढ्ने र संसदमा सहजीकरण गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त भयो’, उनले भनिन्, ‘सहमतिसँगै भोलिदेखि नै आन्दोलन फिर्ता हुन्छ ।’

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार