उखुबारीमा अलपत्र छोडिएको बालकलाई आफन्तको जिम्मा लगाईयो

767
VIEWS

बेलौरी, ५ असोज । बेलौरी नगरपालिका ७ सिंहपुर गाउँ उखुबारीमा हात बाँधी अलपत्र छोडिएको अवस्थामा उद्धार गरिएको बच्चालाई प्रहरी सकुशल आफन्तको जिम्मा लगाएको छ ।

आज बिहान स्थानीयहरूले अन्दाजी १४/१५ महिनाको नाबालक वडा नं. नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको अवस्थामा फेला पारेपछि प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी गरि आफन्तका जिम्मा लगाएको छ ।

बच्चाका आमाका माइती पक्ष सम्पर्क आएको प्रहरीले जनाएको छ । बालककी आमा सर्मिला चौधरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । शिशुलाई भने सर्मिलाकी आमा पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया बस्ने रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले जानकारी गराउनु भयो ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी राना सहितका जनप्रतिनिधि, दुवै नगरपालिकाका महिला विकास शाखाका संयोजक तथा स्थानीय कर्मचारी, पत्रकार लगायतको रोहबरमा प्रहरीले नाबालकलाई अभिभावकको जिम्मा लगाएको हो ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार