एमालेको सुदूरपश्चिम अधिवेशनका लागि बेलडाँडीमा प्रतिनिधि छनौट सुरु, दुई पुरूष १ महिलाका लागि ५जना मैदानमा

बेलडाँडी, १५ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बेलडाँडीमा समेत प्रतिनिधि छनौट प्रक्रिया सुरु भएको छ ।

बेलडाँडीबाट प्रदेश अधिवेशन प्रतिनिधिका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खुला पुरूष २, महिला १ जना गरि जम्मा ३ जना छनाैट हुने छन् । बेलडाँडी एमालेमा ३ सय ७८ संगठित सदस्य छन् ।

सोमबार विहानदेखि ८ स्थानीय तह, विशेष इलाका र दलित निर्वाचन क्षेत्रमा प्रतिनिधि छनौट सुरु गरिएको छ ।
ती सबै क्षेत्रमा प्रदेश अधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरिएका छन् ।

कञ्चनपुरबाट एमालेका ६३ अधिवेशन प्रतिनिधि चयन हुन लागेका छन् । सबैभन्दा बढी कृष्णपुर नगरपालिकबाट ९ र लालझाडीबाट एक जना प्रतिनिधि चयन गरिनेछ ।

विहान उम्मेदवारी दर्तापछि नेताहरु सर्वसम्मत प्रतिनिधि चयनका लागि छलफलमा लागेका छन् । केही स्थानीय तहमा यस अघिदेखि सर्वसम्मत प्रतिनिधि बनाउन छलफल थालिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित