कञ्चनपुर, असोज १५ । यही २१ र २२ गते धनगढीमा हुन लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्मेलनका लागि प्रदेश सम्मेलन प्रतिनिधी छनौट कार्यक्तम अन्र्तरगत कञ्चनपुरको एक पालिकामा सर्वसम्मत प्रतिनिधी छनौट भएको छ ।
एमाले सुप प्रदेश सम्मेलनका लागि सोमबार प्रदेशभरीका ८८पालिकामा प्रदेश सम्मेलन प्रतिनिधी छनौट कार्य तालिका अनुरुप बेलौरीमा सर्वसम्मत छनौट भएको हो । एमाले बेलौरीका अनुसार जिल्ला पाटी सचिव पल्लवराज भट्ट सहित लाल बहादुर शाही, करमशाय राना, बलदेव सिह बुडाल, कौसिला खरेल, चित्रादेवी चौधरी, उपेन्द्र बहादुर शाही रहे्का छन । अन्य पालिकाहरुमा समेत छनौट जारी रहेको नेताहरुले बताएका छन ।
Discussion about this post