लाल बहादुर एसके/पुनर्वास । यही २१ र २२ गते धनगढीमा हुन लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्मेलनका लागि प्रदेश सम्मेलन प्रतिनिधी छनौट कार्यक्तम अन्र्तरगत कञ्चनपुरको पुनर्वास नगरपालिका दलित कोटाबाट भारमल सुनार सर्वसम्मत चयन भएका छन ।
एमाले सुप प्रदेश सम्मेलनका लागि सोमबार प्रदेशभरीका ८८पालिकामा प्रदेश सम्मेलन प्रतिनिधी छनौट कार्य तालिका अनुरुप बेलौरीको पुनर्वासमा दलित कोटाबाट सुनार सर्वसम्मत छनौट भएका हुन ।
निर्वाचन अधिकृत विष्णू घिमिरेले दलित कोटाबाट प्रदेश प्रतिनिधीमा सुनार सर्वसम्मत भएको बताए । सुनारलाई बिर्ख बहादुर सार्कीले प्रस्ताव र बल बहादुर विकले सर्मथन गरेका थिए ।
Discussion about this post