बेलडाँडीमा बर्सादका कारण रोकिएको नापजाँचको काम आइतवार देखि पुनःशुरु गरिदै

140
VIEWS

बेलडाँडी, १९ असोज । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बर्सादका कारण रोकिएको नापजाँचको काम आइतवार देखि पुनशुरु गरिने भएको छ ।

शुक्रवार बेलडाँडी गाउँपालिका वडा नं.२ का अध्यक्ष नारद सिंह उर्यालले हस्ताक्षर गरेको एक विज्ञप्तिमा स्थगित गरिएको भुमिहिन दलित भुमिहिन सुकुम्वासी तथा अव्यवस्थि वसोवासीहरुको जग्गा नाप जाँच कार्य मिति २०८०–०६–२१ गते देखि सिंहपाल टोलमा नापि रोकिएकै स्थान(धन सिंह सुनारको घर) वाट सुरु हुने जनाइएको छ ।

यस्तो छ सूचना विज्ञप्ति

उपरोक्त विषय सम्बन्धमा यस बेलडाँडी गाउँपालिका वडा नं २ मा बर्षा यामको कारण स्थगित गरिएको भुमिहिन दलित भुमिहिन सुकुम्वासी तथा अव्यवस्थि वसोवासीहरुको जग्गा नाप जाँच कार्य मिति २०८०–०६–२१ गते देखि सिंहपाल टोलमा नापि रोकिएकै स्थान(धन सिंह सुनारको घर) वाट सुरु हुने भएकोले सम्पुर्ण सरोकार वालाहरुलाई यसै सुचना मार्फत जानकारी गरिन्छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार