भागेश्वर सुगर एण्ड केमिकल प्रालि उद्योगबाट निस्किने फोहोर पानी प्रशोधनका लागि प्लान्ट जडान कार्य शुरु

63
VIEWS
केशब थापा,कञ्चनपुर। कञ्चनपुरको एक चिनीमिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धिकरणका लागि प्रविधी जडान गरिरहेको छ ।
पुनर्वास नगरपालिका २ दशरथबस्तीमा रहेको भागेश्वर सुगर एण्ड केमिकल प्रालिले उद्योगबाट निस्किने फोहोर पानी शुद्धिकरणका लागि प्रविधी जडान गर्न लागेको हो ।
गत साउन सिमरी नदीमा आएको वाढीमा उद्योगले केमिकलयुक्त पानी बगाईदिएको स्थानीय किसानले धान र उखुखेती नष्ट भएको आरोप लगाएपछि उद्योगले आधुनिक प्रविधीबाट पानी शुद्धिकरण गर्ने भएको जनाएको छ ।
उद्योगले हालै पानी प्रशोधित प्लान्ट जडान गरिरहेको छ । भागेश्वर सुगर एण्ड केमिकल प्रालिका अधिकृत डम्बर बहादुर खडकाले उद्योगबाट निस्किने पानी प्रशोधनका लागि प्लान्ट जडान भईरहेको बताए ।
‘पहिले पनि हामीले उद्योगबाट पानी प्रशोधन गर्दै आएका थियौँ, ‘उनले भने, ‘उद्योगबाट निस्किएको पानीले स्थानीय किसानले उद्योगलाई आरोप लगायन थालेपछी आधुनिक प्लान्ट जडान गरिरहेका छौँ ।’ आधुनिक प्लान्ट निर्माण भएसंगै उद्योगबाट निस्किएको फोहोरो पदार्थ बर्गिकरण गरेर बाहिर निस्किने पानी सिँचार्ई गर्न सकिने अधिकृत खडकाले बताए ।
‘हामीसंग पहिलापनि थियो, तर अहिले हामीले आधुनिक प्रविधीयुक्त जडान गरेका छौँ, ‘उनले भने, ‘अब यो पानीबाट सिँचाई गर्दा पनि हुन्छ ।’ उनले उद्योगबाट कुनैपनि नदीमा केमिकलयुक्त पदार्थ नबगाएको बताए । भागेश्वर सुगर एण्ड केमिकल प्रालिका महाप्रबन्धक द्वारिकानाथ पाण्डेयले उद्योगबाट निस्किएको पानीका कारण अन्नबाली नष्ट नभएको दावि गरेका छन ।
उनले उद्योगबाट निस्किने फोहोरपानीको परिमाण भन्दा तलै रिर्पोट आएको बताए ।  उनले बिओडी र सिओडीको तोकिएको मापदण्ड भित्रै पानी परीक्षणको रिर्पोट आएकाले उद्योगकै कारण अन्नबाली नष्ट नभएको र लेदोका कारण अन्नबाली नष्ट भएको दावि गरेका छन । भागेश्वर सुगर एण्ड केमिकल प्रालिका लेखा अधिकृत प्रकास भट्टले उद्योग बिरुद्धमा केही मान्छेहरुलाई स्थानीय किसान उचालिरहेको बताए ।
उद्योगबाट निस्किएको पानीकै कारण अन्नबाली नष्ट नष्ट भएको भन्दै उद्योग बिरुद्धमा किसान उचालिरहेको बताए । यस क्षेत्रको कृषि विकासमा अघि बढिरहेको उद्योग धरासायी बनाउने काम भईरहेको उनको भनाई छ ।
गत साउन सिमरी नदीमा आएको वाढीपछि उक्त क्षेत्रका झण्डै साढेतीनसय भन्दा बढि विगाह जमिनको धान तथा उखुखेती नष्ट भएको छ । अब पानी प्लान्ट जडान गरेपछि भावि दिनमा उद्योग बिरुद्धमा आरोप नआउने अपेक्षा गरिएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार