चाडपर्वलाई लक्षित गर्दै बेलौरी प्रहरीद्धारा शान्ति सुरक्षामा सतर्कता अपनाउन अनुरोध

बेलडाँडी, २१ असोज । चाडपर्वलाई लक्षित गर्दै बेलौरी प्रहरीले शान्ति सुरक्षालाई ध्यान दिदै सर्तकता अपनाउन अनुरोध गरेको छ । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय बेलौरीले १४ बुदे सतर्कता अनुरोध जारी गरेको छ ।

चाडपर्वका बेला विभिन्न अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै त्यसबाट सबैले सावधानी अपनाउन अनुरोध गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । कार्यालयले बिजया दशमी तथा सुभ दिपावली २०८० को पावन अवसरमा ईलाका प्रहरी कार्यालय बेलौरी हार्दिक मंगलमय शुभकामाना व्यक्त गर्दै हुन सक्ने सम्भावित घटना प्रति सतर्क रहि सुरक्षित तरिकाले बिजया दशमी तथा शुभ–दिपावली मनाउनु हुन अनुरोध गरेको हो ।

१) भड्किलो तबरले चाडपर्व नमनाओ, सभ्य र सुसंस्कृत तवरले चाडपर्व मनाउनुहोस । २) चाडपर्वको बाहानामा अत्याधिक मादक पदार्थ तथा प्रतिवन्धित लागू पदार्थ लगायत नशालु पदार्थ सेवन नगर्नुहोस् । ३) चाडपर्वको समयमा चोरी, लुटपाटका घटनाहरु बढी मात्रामा घट्न सक्ने भएकाले सावधानी अपनाउनुहोस । ४) आफु घर छोडी बाहिर जानु परेमा नजिका प्रहरी कार्यालयमा वा छिमेकीलाई जानकारी गराउनुहोस् । ५) बहुमुल्य गरगहनाहरु तथा ठुलो मात्रामा नगद घरमा नराख्नुहोस, बैंक तथा वितिय संस्थामा सुरक्षित राख्नुहोस् । ६) आफ्नो घर नजिकको प्रहरी कार्यालयको तथा आपतकालिन सम्पर्क न. साथमा राख्नुहोस् । ७) जुवा तास नखेली र नखेलाओ “जुवा र तास धनको नाम जिवनको वनवास“ । ८) सबै जात, धर्म र सम्पदायले मनाउने रितिरिवाज, परम्परा र चाडपर्वको सम्मान गरौं । ९) भिडभाड हुने स्थानहरु (मन्दिर, मेलापर्व र जात्रा) मा अशान्ति मच्चाउने समुह, झुण्ड देखिएमा वा जोखिममुक्त घरेलु हातहतियार बोकी त्रास उत्पन्न गर्ने व्याक्ती वा समुह देखा परेमा तुरुन्त प्रहरीलाई जानकारी गराउनुहास् । १०) आतसबादी,पट्का,भुईचम्फा जस्ता विष्फोटक पदार्थ विक्रि वितरण, ओसारपसार नगर्नुहोस् र प्रयोग समेत नगर्नुहोस् । ११) मादक पदार्थ.लागू पदार्थ तथा नशाजन्य पदार्थ सेवन गरी सवारी साधनहरु नचालाउनुहोस् । १२) दुई पाङग्रे (मोटरसाईकल, स्कुटर) चलाउदा अनिवार्य हेलमेलटको प्रयोग गर्नुहोस् । १३) सवारी साधन चलाउदा ट्राफिक नियमको पालना गरी र सिट क्षमता भन्दा बढी यात्रु नबसालौ । १४) कुनै पनि अपराधिक गतिविधि हुन गर्न लागेमा हुन गर्न लागेमा वा भएको थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा १००/ ९८५८७९०४०४,०९९५८०२७७ मा जानकारी गराओ ।

पुनश्च :– माथि उल्लेखित गतिविधिमा संलग्न भएको पाईएमा त्यस्ता व्याक्तीहरुलाई कानुनबमोजिम कार्बाही भईजाने व्यहोरा समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित