बेमौसमी बर्षाले किसान मारमा, धान र लगाएको तोरीमा नोक्सान

74
VIEWS

बेलडाँडी, ३० आसोज । हिजो सोमवार आएको वर्षा तथा हावाहुरीका कारण कञ्चनपुरका किसान मारमा परेका छन् । धानबाली तथा धान काटेर तोरी छरेका किसानहरुको बालिमा पानीले क्षति भएको छ ।

 

बेमौसमी बर्षा तथा हावाहुरीका कारण किसानले लगाएको धानबाली तोरीबाली लगायतका खेती नष्ट भएको छ । हावाहुरीको कारण ढिला हुने धानको बोटहरु ढलेको छ भने भित्र्याउनका लागि काटी राखेको धान बाली पानीले भिजेर नष्ट भएका छ ।

हावाहुरी सहित भएको वर्षाका कारण धानका बोटहरु ढलेको र भित्र्याउनका लागि काटी राखेको धान बाली पानीले भिजेर नष्ट हुँदा कञ्चनपुर बेलडाँडीका किसान चिन्तित भएका छन । बेलडाँडी सहित तराईका बिभिन्न ठाउँहरुमा परेको पानी हावाहरुले गरि खाने किसानलाई नोक्सान पुर्याएको छ ।

धान भित्र्याउन नपाएका र भर्खर तोरी छरेका किसानलाई सोमवार परेको पानीले रुनु न हाँस्नुको अवस्था बनाएको बेलडाँडी-४ का किसान रनी सिंह धामीले बताउनु भयो । ‘धानमा विभिन्न रोग लागेर धान राम्रो संग नफलेका कारण तोरी छर्नको लागि खेत खाली गरेर हतार हतारमा तोरी बोएको र हिजोको पानीले तोरी समेत सखाप भए पछि उनी जस्तै कयौं किसान चिन्तित बनेका छन् ।’

उहाँका अनुसार “धानमा करेन्ट रोग लागेर धान पनि राम्रो संग हुन पाएन त्यसै हतार हतार काटिदियौं र तोरी छर्नको लागि खेत जोतजात गरेर आइतवार मात्र तोरी छरेको सोमवारको पानीले यो सबै सखाप गरिदिएको बताउनु भयो ।”

यस्तै खेतबाली भित्र्याउने क्रममा हिजै बेलौरीमा परेको चट्याङले आमाछोरी घाइते भएका छन् । बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका छन् । घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार