बेलडाँडी स्वतन्त्र पार्टीद्वारा भोलि लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि प्रत्येक वडामा सडक नाटक गरिदै

66
VIEWS

 बेलडाँडी/ १० कार्तिक :

बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि सनिवार बेलडाँडीका प्रत्येक वडामा सडक नाटक गरिने भएकाे छ । बेलडाँडी लगायत आसपास क्षेत्रमा लागु औषध दुर्वयसन अत्यन्तै जटिल समस्याका रुपमा देखा पर्न थालेकाले यसलाई न्यूनीकरण गर्ने उदेश्यले भोलि प्रत्येक वडामा सडक नाटकका माध्यमद्वारा न्युनिकरण गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी सभापति तेज सिह धामीले बताउनु भयो ।

अन्य पार्टीले युवालाई जिन्दावाद मुर्दावादमा मात्र प्रयोग गर्नाले यस्तो समस्या देखा परेको उनले बताए । उहाँका अनुसार सिद्धचोकम (बेलडाँडी १) मा बिहान ८ बजे, खैरीघाट चोक (बेलडाँडी ३) मा बिहान ९:३० बजे, बेलडाँडी ४ मा दिउँसो १२ बजे, बेलडाँडी ५ मा दिउँसो १:३० बजे र चवन्नी बजार (बेलडाँडी २) मा दिउँसो ३ बजेबाट सडक नाटक सुरू गरिने जनाए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार