कञ्चनपुर एमालेद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कञ्चनपुर/११ कार्तिक । नेकपा एमाले कञ्चनपुरले आज सनिवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । शनिबार जिल्ला पार्टी कार्यालयमा एमाले कञ्चनपुरले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले विजया दशमी, शुभ दिपावली, नेपाल संम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको बताए ।

कार्यक्रममा एमाले नेता कार्यकर्ताहरुले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठको पर्वलाई समाजिक विकाससंग जोडेर अघि बढ्नु पर्नेमा जोडदिए थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका पार्टी सचिव, कर्णाली प्रदेशका इन्चार्ज एव पुर्वमन्त्री लेखराज भट्टले दशैँ, तिहार एव छठको अवसर पारेर आपसी मतभेद हटाउन समेत आब्हान गरेको बताएका छन ।

पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले सबै नेपाली दाजुदाई तथा दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्नुहुदै नेकपा एमालेको विचार धारा जनताको पक्षमा सधैभर रहेको बताए । उहाँले “अहिलेको राजनैतिक अवस्थाले जनतामा निराशा पलाएपनि एमालेको विचारधारामा जनता रहेको धारणा व्यक्त गरे ।”

कार्यक्रममा पार्टीका नेता, जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, कञ्चनपुर प्रहरी प्रमुख एसपि कमल थापा लगायतको उपस्थिति रहेको थियो ।

एमाले कञ्चनपुरका कावा अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका सचिव पल्लवराज भट्टले संचालन गरेका थिए । कार्यक्रममा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित