बेलडाँडी, १२ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज नेपालको औपचारिक भ्रमण गर्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा गुटेरस नेपाल आउन लागेका हुन् ।
जनवरी २०१७ मा पदभार ग्रहण गरेपछि महासचिव गुटेरसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ ।
उनले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने कार्यक्रम तय भएका बेला बेलडाँडी एमाले युवा नेता शंकर भट्टले कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताल दैजी बेलडाँडी सडक खण्डका कारण भोग्दै गरेको समस्यालाई नेता र सरकारबाट सम्वोधन नहुने देखेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई यो बाटो समेत अवलोकन गराउन आग्रह गरेका छन् ।
लामो समय देखि काँग्रेस निकट निर्माण कम्पनीले यस क्षेत्रका जनतालाई ठग्दै आएकाले पुहँचका कारण ठेक्दारले कामै नर्गन थालेपछि उनले ब्यङ्ग्य गर्दै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई यसबाटो ल्याए रातारात पिच बन्ने ब्यङ्ग्य गरेका हुन ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति समेत रहेका शर्मा राजेन्द्र जेभी कम्पनीका मालिक भीम साउदले सडक निर्माणको काम अलपत्र छोडेपछि हिउँदमा धुलाम्मे बर्षातमा हिलाम्मे हुँदा यात्रुको जनस्वास्थ्यमा ठुलो प्रभाव परेकोछ ।
Discussion about this post