बेलौरीमा पहिलो पटक पेनाल्टी सुटआवट प्रतियोगिता हुने

कञ्चनपुर– कञ्चनपुरको पहिलो सदरमुकाम बेलौरी नगरपालिकामा पहिलो पटक पेनाल्टी सुटआवट प्रतियोगिता हुने भएको छ ।

बेलौरी नगरपालिका ४नम्बर वडा कार्यालयको आयोजनामा बेलौरीमा पहिलो पटक पेनाल्टी सुटवाउट प्रतियोगिता हुने भएको हो । आइतबार(६कार्तिक) खुला मञ्चमा डेनाईटमा प्रथम खुला बेलौरी पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।

बेलौरी पेनाल्टी सुटआउट प्रतियोगिताका सयोजक शिशिर चापागाईले दक्षिणी क्षेत्रमा खेलकुद विकासका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगितमा २२ टिमविच प्रतिस्पर्धा हुनेछ ।

तिहारका बेला थप उत्साहका लागि कार्यक्रम गरिएको छ । शनिबार एक कार्यक्रमका विच नाबालिकाबाट टाईसेट निकालिएको छ । विजेता टिमलाई नगद ३० र उपविजेतालाई नगद २० हजार सहित पुरस्कार प्रदान गरिने छ । बेलौरी नगरपालिका ४ का वडाध्यक्ष अर्जुन ढकालले प्रतियोगिताबाट थप खेलकुद विकास एवखेलाडी उत्साहित हुने बताए ।

खेलकुद विकासका लागि वडाका तर्फबाट हुने आवश्यक सहयोग गरिने बताए । पहिलो पटक बेलौरी खुला मञ्चमा हुने प्रतियोगिताले र्दशकलाई भरपुर मनोरञ्जन दिने आयोजकको दावि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित