बुवाछोरी सँगै परीक्षा दिने बैतडीका बोहराको प्रेरणादायी यात्रा

बैतडी, फागुन – उमेर केवल एक संख्या मात्र हो भन्ने कुराको उत्कृष्ट उदाहरण बनेका छन् पुर्चौडी नगरपालिका–८ बैतडीका सुरेन्द्र बोहरा । ४६ वर्षीय बोहराले आफ्नो छोरी डम्मरा बोहरासँगै कक्षा ८ को नगरस्तरीय परीक्षा दिइरहेका छन् ।

सानै उमेरमा अध्ययन छोडेका उनले शिक्षा पूरा गर्ने दृढ निश्चयसहित डिलाशैनी मावि मल्लादेहीबाट पुनः कक्षा ६ बाट अध्ययन सुरु गरे । अहिले छोरीसँगै परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा बसिरहेका छन् । विद्यालयका कर्मचारीसमेत रहेका बोहराले नेपाल सरकारले कक्षा ८ सम्मको शिक्षालाई अनिवार्य गरेपछि अध्ययनलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

“सरकारले अनिवार्य भनेपछि मैले पनि आफ्नो शिक्षा पूरा गर्ने निर्णय लिएँ,“ उनले भने । “बच्चाहरुलाई सिकाउने भनेको आफैं उदाहरण बन्नु हो ।“

डिलाशैनी माविका प्रधानाध्यापक बिरेन्द्र रतोकीले बोहराको इच्छाशक्ति नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए । “उहाँको लगनशीलता देखेर अरू अभिभावक र विद्यार्थीहरू पनि प्रोत्साहित हुनेछन्,“ प्रधानाध्यापक रतोकीले भने ।

बोहराको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, समाजलाई सन्देश दिने एउटा प्रेरणादायी उदाहरण हो । उमेर, जिम्मेवारी, र जीवनका संघर्षहरूका बीच पनि इच्छाशक्ति बलियो भए कुनै पनि लक्ष्य पूरा गर्न सकिन्छ भन्ने बोहराले प्रमाणित गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित