मान बहादुर सुनारलाई केन्द्रीय सांसदमा पु¥याउन कञ्चनपुर ३का दलित समुदाय फिल्डमा

धर्मराज कठायत/कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट सिधै केन्द्रीय सासद बनाउनका लागि क्षेत्रका दलित समुदाय उजुक्क हुन थालेका छन । पञ्चायतकालदेखि हालसम्म गणतान्त्रिक युगसम्म आईपुग्दा क्षेत्र ३ दलित समुदायबाट कोहीपनि केन्द्रीय सासद भएका छैनन ।

ठुला पाटी काँग्रेस, एमालेले दलितमाथि अन्याय मात्रै ग¥यो, उनीहरुलाई भोट बैंक मात्रै बनायो अब अहिले विषम परिस्थितिमा दलित समुदायबाट टिकट दिएको भन्दै दलित समुदाय उत्साहित भएर प्रचारप्रसारमा खटिएका छन । अन्य पाटीका दलित समुदाय पनि मान बहादुर जिताउनका लागि पाटी परित्याग गर्दै जोडिन लागेका छन ।

नेपाली कम्युनिष्ट पाटी(नेकपा)का केन्द्रीय सदस्य प्रताव तिरुवाले क्षेत्र ३ बेदकोट ८ सहित भीमदत्त, दोधाराचाँदनीका दलित समुदाय नेकपामा प्रवेस गर्न लागेको बताए । उनका अनुसार दैनिक दर्जनौँ दलित समुदाय मात्रै मान बहादुर सुनार जिताउन प्रवेस गरिरहेका छन ।
पञ्चायतकालिन समयमा दोधाराचाँदनी क्षेत्रबाट ईन्द्र बहादुर केसी मात्रै केन्द्रीय सासद भएका थिए । बहुदल पुर्नस्थापना पछि ०४८ देखि ०७९सम्म भएका हरेक निर्वाचनमा दोधाराचाँदनी बाहेक भीमदत्त सहित अन्य गाँउबस्तीमा घर भएका नेताहरु सांसदमन्त्री भए । तर, दोधाराचाँदनीकै स्थानीय पञ्चायतकालमा खत्रीपछि कहिल्यै कोही सांसद भएनन् ।

०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा दोधाराचाँदनीका स्थानीय ईन्द्र बहादुर खत्री(केसी) केन्द्रीय सासद भए, त्यस अघि ०४८ मा तारणीदत्त चटौत, ०६४को समानुपातिक सहित ०५६, ०७०, ०७९मा काँग्रेसका रमेश लेखक, ०६४मा शेर बहादुर देउवा, ०६५मा कमल क्षेत्री(हरिस ठकुल्ला), ०५१मा एमालेका उर्वादत्त पन्त, ०७४मै एमालेका डा. दीपक प्रकास भट्ट सासद भए ।

उनीहरु सबै महाकाली पारी भीमदत्त, बेदकोट सहित अन्य पालिका भूगोलका थिए । तर, अहिले नेपाली कम्युनिष्ट पाटी(नेकपा)बाट दोधाराचाँदनी ७ बाबाथान टिपिकल घर भएका मान बहादुर सुनार सांसदका लागि दौडमा छन ।

आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेश ठुला दलबाट कञ्चनपुर ३मा मान बहादुर सुनार एक्ला उम्मेदवार चुनावी मैदानमा होमिएका छन । सुनार नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर ३बाट प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानका होमिएका हुन ।

अन्य क्षेत्रतिर ठुला दलले दलित नेता नपत्याएपछि नेकपाले मात्रै कञ्चनपुर ३बाट सुनार अघि सारेपछि सिङ्गो दलित समुदाय नेकपाप्रति आभार प्रकट गरिरहेका छन । राज्यको नीति, नियम, क्षेत्र समावेसीको सिद्धान्त ल्याउने नेकपा संयोजक एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) समावेसीका पणेता भएकाले अहिले अन्य दलमा रहेका दलित समुदायका नेताहरुले दलित समुदायको उत्थानका लागि राज्यका हरेक निकायमा पु¥याउन कागज, भाषणमा होईन यस्तै उम्मेदवार अघि सानुपर्ने धारणा लिईरहेका छन ।

चार दशकदेखि राजनीतिमा सकृय सुनारको राजकीय जिम्मेबारी क्रमसंगै अहिले दलित समुदायका सुनार राजनैतिक मात्रै होईन समाजिक क्षेत्रमा समेत उत्तिकै चर्चित छन ।

सुनार स्थानीय पालिका, प्रदेश सरकारको निर्भिकताका साथ क्रमिक रुपमा उनले संघीय सरकारको संसदको यात्रामा होमिएका छन । ३३ बर्ष अघि ०४९ सालमा तत्तकालिन दोधारा गाविसको अध्यक्षको जिम्मेबारी कुसलतापुर्वक निर्वाह गरेका सुनारको काँधमा २५ बर्षपछि प्रदेश सभा सदस्यको जिम्मेबारी आयो । फेरी ८ बर्षपछि सुनार प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन ।

०७४ मा तत्तकालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच भएको चुनावी गठबन्धन अनुरुप एमालेबाट संघीय तर्फ डा. दीपक प्रकास भट्ट, तत्तकालिन एमालेबाटै ३(क) प्रकास रावल र माओवादीबाट सुनारले ३(ख)बाट टिकट पाएका थिए । उतिबेला भट्टले सुनार, सुनारले भट्टका लागि मत मागेका थिए । तर अहिले भट्ट र सुनार मुख्य प्रतिस्पर्धी भएका छन ।

भने, रावल अहिले पनि सुनार जिताउन खटिएका छन । पञ्चायतकालिन स्थानीय तह(सरकार)को नेतृत्व सम्हालेका सुनारले उतिबेला गरेको दीगो विकास निर्माणदेखि जनताका समस्यामा गरेका कामकाज योजनाको जनताले मुल्याङकन गर्दै अढाई दशकपछि पनि प्रदेश सभामा पठाउने निर्णय गरेका थिए ।

०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा सुनार क्षेत्र ३(ख)बाट उम्मेदवार थिए । उनलाई दोधाराचाँदनी सहित भीमदत्त नगरका जनताले भारी मतका साथ विजयी गराएर प्रदेशको सासद बनाए । प्रदेशको सांसद बनेका सुनार भूमि, व्यवस्था तथा कृषिराज्यमन्त्रीको जिम्मेबारीमा आए ।

राज्यमन्त्रीको छोटो जिम्मेबारीमा आएका सुनारले प्रादेशिक क्षेत्रको बृद्धि विकासका लागि कृषि, विपद्, भौतिक पूर्वाधार सहितका मानविय विकासका क्षेत्रमा काम गरेर चर्चा कमाएका तिनै सुनारको काँधमा फेरी केन्द्र सासदकै जिम्मेबारी आउने जनताको दावि छ । दोधाराचाँदनी नगरका स्थानीय कमल खत्रीले महाकाली नदी पारीका गाँउबस्तीको बृद्धि विकासका लागि सुनारले खेल्दै आएको भूमिका अतुलनिय भएको बताए ।

खत्रीले राजनैतिकसंगै समाजिक क्षेत्रको समेत भूमिकाले सुनार आशालाग्दो किरणकै रुपमा हेरिएको बताए ।
उनले दोधाराचाँदनीले यस अघि ०७९मा ३(ख)बाट बेल बहादुर राना प्रदेश सांसद पाएको अहिले ०८२मा पनि दोधाराचाँदनीले नै केन्द्र सासद पाउने आशमा जनता मेरो,तेरो, अलानो फलानो पाटी नभनेर एकस्वरमा रहेको बताए । खत्रीले नेकपाले प्रदेशपछि केन्द्रको सांसदका लागि टिकट दिएसंगै सिङ्गो दलित समुदाय मात्रै होईन अन्य सबै समुदाय समेत सुनारको टिकटसंगै उत्साहित भएको बताए ।

१८ बर्ष अघि महाकाली पारीका जनताका सन्तान(विद्यार्थी)को उच्च शिक्षाका लागि आफ्नै ७ कट्टा जमिन दान दिएका सुनारको शिक्षा क्षेत्रमा समेत महत्वपूर्ण योगदान छ ।

०६४सालमा स्थापना भएको भानु बहुमुखी क्याम्पस स्थापनार्थका लागि सुनारले आफ्नो निजी सम्पत्तीबाट करोडौँ मुल्य पर्ने अचल सम्पत्ती दिएका थिए । महाकाली पारीको दोधाराचाँदनी नेपालको भूगोलतर्फ जोड्ने पुल नहुँदा उक्त क्षेत्रका विद्यार्थीको उच्च शिक्षा गाँउमै अध्यापन गर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित