सोबिता गौतम कानुनमन्त्रीमा नियुक्त, नयाँ सरकारमा युवा नेतृत्वको उदय

काठमाडौँ : प्रधानमन्त्री बालेन शाह को नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषदमा चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सोबिता गौतम ले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।

भरतपुर महानगरपालिकाको दुई कार्यकाल नेतृत्व गरिसकेकी रेणु दाहाल लाई भारी मतान्तरले पराजित गर्दै संसदमा प्रवेश गरेकी गौतमलाई नयाँ सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा  का तर्फबाट चितवन–३ मा उम्मेदवारी दिएकी गौतम ५९ हजार २७७ मतसहित निर्वाचित भएकी थिइन् । उनले आफ्नी निकटतम प्रतिस्पर्धी दाहाललाई ३८ हजार ६६२ मतको फराकिलो अन्तरले पराजित गरेकी थिइन् । दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन् ।

गौतमको राजनीतिक यात्रा २०७९ सालको निर्वाचनबाट सुरु भएको हो । त्यसबेला उनी काठमाडौँ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

रास्वपाको केन्द्रीय सदस्यसमेत रहेकी गौतम सुशासन, पारदर्शिता र नागरिक अधिकारका मुद्दामा अडिग नेतृका रूपमा परिचित छिन् । साधारण सामाजिक परिवेशमा हुर्किएकी उनले व्यवस्थापन तथा सामाजिक विज्ञानमा उच्च शिक्षा हासिल गरेकी छन् ।

कानुनमन्त्रीका रूपमा नियुक्त भएपछि गौतमले नेपालको कानुनी संरचनालाई आधुनिक, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ । विशेषगरी युवा तथा महिलाको राजनीतिक सहभागिता, सामाजिक न्याय र समावेशी विकास उनका प्राथमिकताका क्षेत्र रहने बताइएको छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार नवनियुक्त मन्त्री गौतमलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित