राैलेश्वर माविको नयाँ पहल : साना कक्षाका विद्यार्थीलाई निशुल्क स्कुल ड्रेस

बेलडाँडी : बेलडाँडी गाउँपालिकास्थित राैलेश्वर माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि कक्षा शिशुदेखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि निशुल्क विद्यालय पोशाक वितरण गर्ने तयारी गरेको छ ।

सानो कक्षामा विद्यार्थी संख्या घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै विद्यालयले यस्तो महत्वपूर्ण निर्णय लिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर धामीका अनुसार, प्रारम्भिक तहका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्नुका साथै आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नदिन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

उनले शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै निम्न आय भएका परिवारका बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले यो पहल गरिएको बताए ।

विगत केही वर्षदेखि विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएको देखिएकाले नयाँ नेतृत्वले सुधारका लागि व्यवहारिक कदम चाल्न थालेको उनको भनाइ छ ।

यससँगै शिक्षकहरूको मनोबल उच्च बनाउने, गुणस्तरीय शिक्षा प्रवाह गर्ने तथा विद्यालयको समग्र वातावरण सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको पनि जानकारी दिइएको छ ।

राम्रो र सक्रिय विद्यालय व्यवस्थापन समितिको भूमिका प्रभावकारी हुँदा विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र समग्र समुदाय सबैले सकारात्मक लाभ लिन सक्ने देखिन्छ ।

राैलेश्वर माविको यो पहललाई शैक्षिक सुधारतर्फको एक सकारात्मक र अनुकरणीय अभ्यासका रूपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित