एसईई ०८२मा न्यू सरस्वती विद्या मन्दिरको उत्कृष्ठ नतिजा, ३५ विद्यार्थी उत्र्तीण, रितिका विष्ट टपर

शुनिल राना/कञ्चनपुर । कञ्चनपुरकोे एक संस्थागत विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएको छ ।

भीमदत्त नगरपालिका १२ ऐरीको न्यू सरस्वती विद्या मन्दिर(विद्यालय)ले गत शैक्षिक सत्र ०८२ मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याएको हो ।

गत साता सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई ०८२को नतिजा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्क अनुसार उक्त विद्यालयले ७८प्रतिशत नतिजा ल्याएको छ । ४५ विद्यार्थी मध्ये ३५ विद्यार्थी उत्कृष्ठ जिपिए सहित उत्र्तीण भएका छन ।

न्यू सरस्वती विद्या मन्दिर(विद्यालय)का प्रिन्सिपल अम्मराज भट्टले सबैभन्दा बढी ३.९५जिपिए ल्याएर विद्यालयकी मेधावी छात्रा रितिका विष्ट टपर भएकी छिन । (एप्लस) ७, (ए) १०, (बिप्लस) ११ र (बि)७विद्यार्थी जिपिए ल्याएका छन ।

०८१मा २५विद्यार्थी मध्ये २४विद्यार्थी उत्र्तीण गराएको विद्यालयले अहिले एनजी आएका १० विद्यार्थीको समेत एक गणित विषय लागेको बताए । ०८१मा विद्यालय टपर भएकी छात्रा नेहा भट्टले ३.८७जिपिएर ल्याएकी थिईन । सरस्वतीले निरन्तर आफ्नो शैक्षिक उन्नयन गर्दै आएको छ ।

प्रिन्सिपल भट्टले आगामी दिनमा सत प्रतिशत नतिजा ल्याउनका लागि विद्यालयले थप शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । शैक्षिक गुणस्तरका क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले एसईई मात्रै नभई अन्य कक्षाका विद्यार्थीमा समेत उतिकै मेहनत गरेको जनाएको छ ।

न्यू सरस्वती विद्या मन्दिर(विद्यालय)ले शैक्षिक गुणस्तरका साथै विद्यार्थीलाई जिवनोपयोगी शिक्षामा समेत जोडदिदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित