कमरी सडक विस्तारमा विवाद, भुइयाँ मन्दिरको पर्खाल भत्किएपछि स्थानीय आन्दोलित

बेलडाँडी । बेलडाँडी गाउँपालिका वडा नं. ३ कमरी क्षेत्रमा हिजो सडक विस्तारका क्रममा विवाद उत्पन्न भएको थियो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीमार्फत लालझाडी गाउँपालिका हुँदै चानदेव, अण्डैया, रतनपुर, कमरी कालिका मन्दिर हुँदै बैवाह-बेलडाँडी जोड्ने सडक कालोपत्रे, स्तरोन्नतिका लागि करिब ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

उक्त बजेट गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको पहलमा आएको बताइएको छ । तर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सामुदायीक ब क्षेत्रभित्र सडक निर्माण गर्न अनुमति नमिल्दा योजना प्रभावित बनेपछि उक्त निर्माणको काम बेलौरी-९ अण्डैयाबाट सुरु गरिएको थियो ।

जानकारी अनुसार बेलडाँडी क्षेत्रमा उक्त योजनाअन्तर्गत करिब ६ सय मिटर मात्रै सडक स्तरोन्नति हुने अवस्था देखिएपछि गाउँपालिका प्रमुख राना उस्तै चिन्तित बनेका थिए । त्यसपछि जनताको हितमा बजेट उपयोग गर्ने उद्देश्यले वडा नं. ३ कार्यालयसँग समन्वय गरी कमरी पुलदेखि सडक विस्तारको काम अघि बढाइएको थियो ।

बेलडाँडी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका मुख्य सडकहरू १२ मिटर चौडाइमा विस्तार गर्दै आएको छ । सोही अनुसार सडक विस्तारको जिम्मा न्यू जोशी कन्ट्रक्सन दोगडा र भूमिराज कन्ट्रक्सन महेन्द्रनगरले पाएका थिए ।

तर सडक विस्तारका क्रममा कमरीस्थित भुइयाँ मन्दिर साविक सडक क्षेत्रमा परेपछि विवाद चुलिएको हो । १० मिटर सडक विस्तार गर्ने क्रममा मन्दिरको पर्खाल भत्काइएपछि स्थानीयले केही समय सडक निर्माणमा अवरुद्ध गरेका थिए ।

स्थानीयवासीहरूले भने नक्सा र मापदण्ड अनुसार सडक निर्माण नभएको आरोप लगाएका छन् । “सडक विस्तारको नाममा धार्मिक स्थलमा क्षति पु¥याइएको छ, नापजाँच स्पष्ट छैन ।,” स्थानीयहरूले निर्माण कार्य अघि बढाउँदा जनप्रतिनिधि र प्राविधिक पक्षले स्पष्ट जानकारी दिनुपर्ने माग समेत गरेका थिए ।

यता वडा नं. ३ का अध्यक्ष दुर्गा चौधरी ले भने असमझदारीका कारण विवाद उत्पन्न भएको बताएका छन् । उनले भने, “सडक विस्तार कार्य स्वीकृत योजना र जनहितलाई मध्यनजर गर्दै अघि बढाइएको हो । स्थानीयसँग पर्याप्त समन्वय हुदा समेत असमझदारीका कारण विवाद देखिएको हो ।,” हाल विवाद पश्च्यात निर्माण कार्य अघि बढिरहेको छ ।

कमरी सडक विस्तारमा विवाद, भुइयाँ मन्दिरको पर्खाल भत्किएपछि…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित