महाकालीमा बेपत्ता मामा-भान्जा मृत फेला, एकको शव डडेल्धुरा र अर्काको कञ्चनपुरमा भेटियो

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका-५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। त्यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ।

मामा-भान्जा नाता पर्ने दुवै जना गत शुक्रबारदेखि सम्पर्कविहीन भएपछि सुरक्षाकर्मी र स्थानीयवासीको सहभागितामा खोजी अभियान सञ्चालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेको ट्युब महाकाली नदी किनारमा फेला परेपछि नदीमा बगेको हुनसक्ने आशङ्कामा व्यापक खोजतलास थालिएको थियो।

खोजी अभियानकै क्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। यस्तै जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रसम्म पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ। दुवै जनाको मृत्युको कारण र घटनाको वास्तविकता खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित