सन्तोषी पाण्डेय/ कञ्चनपुर । सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरले अलपत्र पारिएको महेन्द्रनगर सिटीहलमा जिल्ला अधिवेशन गर्न लागेको छ । रास्वपाले भीमदत्त नगरपालिका ४महेन्द्रनगर सिटी हलमा जिल्ला पाटीको प्रथम अधिवेशन गर्न लागेको हो ।
पाटी केन्द्रीय कार्य तालिका अनुरुप २४जेठ अर्थात आईतबार प्रथम जिल्ला अधिवेशन गर्न लागेको जनाएको छ । रास्वपा कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले अधिवेशनको तयारी पुरा भएको बताए । सचिव चन्दका अनुसार पाटी सचिवालय सदस्य समेत रहेका सासद दिपक बोहराको प्रमुख आथित्यमा अधिवेशन हुनेछ । अधिवेशनबाट नयाँ कार्य समिति चयन हुने बताए ।
पाँच भन्दा बढि पटक म्याद थप गर्दा समेत ८ बर्षसम्म ठेकेदारले सिटीहल अलपत्र पारेपछि तीनै सरकारले गिजाईरहेको अवस्थामा सत्ताधारी दल रास्वपाले जिल्ला अधिवेशन कुनै होटल, पाटी पैलेश भन्दा अलपत्र पारिएको सरकारी हलमै गरेर संचालनको सन्देश दिन खोजेको नेता कार्यकर्ताहरुको भनाई छ । रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले जिल्ला अधिवेशन ऐतिहासिक एव भव्य हुने बताए । सभापति विष्टले रास्वपा जनताको पाटी भएकाले बृहद रुपमा जिल्ला अधिवेशन हुने बताए ।
०७९ असारमा भएको जिल्ला भेला र त्यसपछिको ०८१मा भएको अर्को जिल्लाबाट रास्वपा नेता पदम विष्टले जिल्ला नेतृत्वको लिएका थिए । सभापति विष्टले यस अघिका तदर्थ समिति अब अधिवेशनबाटै नयाँ कार्य समिति विस्तार गरिने भएकाले ऐतिहासिक भएको दावि गरेका छन ।
सभापति विष्टले आफ्नै नेतृत्वमा तीन/तीन केन्द्रीय सासद निर्वाचितदेखि जिल्लाबाट दुई/दुई मन्त्री भएकाले अब पाटी जनताको हितमा काम गर्ने उद्घोषक गरेका छन । जनतासग गरेको बाचा अनुरुप पाटीका सासदले कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
०७५ सालमा ठेकेदार कम्पनी श्याम सुन्दर र गौरी पार्वतीले तत्तकालिन नगरविकास समितिसंक्ष् दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाख रुपैयाँमा सिटीहल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । तर, ८ बर्षवितिसक्दा पनि पुरा गरेको छैन । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे ५ बिघा जमिनमा पर्खाल लगाएर सिटीहल निर्माण गरिएको छ ।
अपांगमैत्री सिटी हल एक साथ करिब एक हजार दर्शक अटाउने क्षमताको रहेको तीनतले सिटी हलमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनी छ । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गसँगै जोडिएको सिटी हल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नु परेको सेवाग्राहीको गुनासो गरिएको छ ।
ठेकेदारले अलपत्र पारेको सिटी हलमै जिल्ला अधिवेशन गरेर रास्वपा कञ्चनपुरले पाटी, सरकारलाई राज्यको लगानीमा रहेका सिटीहल सचालनको सन्देशले अब सिटी हल संचालन हुने अपेक्षा समेत गरिएको छ ।























Discussion about this post