कञ्चनपुर,
कञ्चनपुरको एक साना किसान कृषि सहकारी संस्था लिमिटेडले रजत जयन्ती मनाएको छ ।
बेदकोट नगरपालिका ७ सुडामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले २५ औँ वार्षिक साधारण सभा, रजत जयन्ती मनाएको छ । अधिवेशनबाट खगेश्वर पाण्डेको अध्यक्षतामा नयाँ कार्य चयन भएको छ ।
संस्थाका अध्यक्ष बिरेन्द्र बहादुर साहको सभापतित्व तथा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल केन्द्रिय कृषि सहकारी संघका केन्द्रिय सदस्य धर्म सिह कुवर तथा कृषि विकास बैंक महेन्द्रनगरका शाखाका प्रबन्धक जगदीश पन्तको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष बिरेन्द्र बहादुर साहले जानकारी दिएका छन ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुडा उपशाखाका सभापति शंकर दत्त जोशी, वेदकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलसी राना, वडा नम्बर ७ का अध्यक्ष थानेश्वर भट्ट,वडा नम्बर ८ का अध्यक्ष महेश राज जोशी,वडा नम्बर ९ का अध्यक्ष जनक बिष्ट , वडा नम्बर १० का अध्यक्ष रतन सिह बिष्ट लगायत संस्थामा कार्यरत कर्मचारी, जनप्रतिनिधि तथा शेयर सदस्य सदस्यको उपस्थिति रहेको थियो । नव निर्वाचित कार्य समितिले संस्थागत विकासमा जोडदिएका छन ।























Discussion about this post