बेलडाँडीमा दशैंतिहारलाई लक्षित गर्दै रामलीला हुने

बेलडाँडी/ ९ भाद्र । बेलडाँडीमा रामलीला आयोजना गरिने भएको छ । लोक परम्परागत धर्म, संस्कृति, कला, संस्कार र सत् चरित्रका लागि यस वर्षको दशैँ र तिहारको बिचमा रामलीला सञ्चालन गरिने बेलडाँडी रामलीला समितिले जनाएको छ ।

 

शनिबार बेलडाँडी गाउँपालिकाको सभा हलमा आयोजित रामलीला समितिका आजीवन सदस्य, समाजसेवी, बुद्धिजीवी लगायतको आम भेलाले कार्तिकको दोस्रो सातादेखि रामलीला सञ्चालन गर्ने निर्णय भएको जनाईएको छ ।

भगवान् रामचन्द्रको जीवन कथामा आधारित रामलीला सञ्चालनका लागि बेलडाँडी रामलीला समिति नै मूल आयोजक समितिका रूपमा रहने निर्णय गरिएको समितिका महासचिव जय बहादुर कुँवरले जानकारी दिनुभयो ।

 

शनिबार नै बसेको मूल आयोजक समितिको बैठकले आर्थिक व्यवस्थापन तथा परिचालन समिति, तालिम सञ्चालन व्यवस्थापन तथा पात्र छनौट समिति, अतिथि व्यवस्थापन तथा सत्कार समिति, प्रचारप्रसार तथा अभिलेखन समिति, मञ्च व्यवस्थापन तथा स्वयंसेवक परिचालन समिति र आजीवन सदस्यता वितरण समिति गठन गर्ने निर्णय गरेको मूल आयोजक समितिका सचिव मदन राज भट्टले बताउनु भएको छ ।

कार्यक्रम सम्पन्न गर्न सरोकारवालाहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित