शिक्षक जोशीमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग

कञ्चनपुर, भदौँ ११ । मानव अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरुले भीमदत्त नगरपालिका १० जिमुवा सिद्धनाथ माविका शिक्षकमाथि साँघात्मिक आक्र्रमण गर्ने गिरोहमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन ।

एडभोकेसी फोरम नेपाल, एम्नेष्टी ईन्टरनेशनल नेपाल र उच्च अदालत बार एशोसिएशनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै लेखापाल समेत रहेका शिक्षक जोशीमाथि साँघात्मिक आक्र्रमण गर्ने गिरोहमाथि कानुनी कार्बाहीको माग अघि सारेका हुन । प्रहरीनियन्त्रणमा रहेका व्यक्तिमाथि निर्घात कुटपिट हुन दुखत विषय भएकाले घटनाको घोर भत्र्सना गरिएको छ ।

एडभोकेसी फोरम नेपालका सुप संयोजक बीर बहादुर विष्ट, एम्नेष्टी ईन्टरनेशनल नेपालका सह सचिव प्रजापति नेगी र उच्च अदालत बार एशोसिएशनका अध्यक्ष यज्ञराज जोशीद्वारार हस्ताक्षरित गरिएको विज्ञप्तीमा आधारभूत मानव अधिकारको हनन् भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित