बेलडाँडीमा सय मेट्रीक टन क्षमताको चिस्यान केन्द्रका लागि ठाउँखाली गरिदै

बेलडाँडी, २१ मंसिर । बेलडाँडी गाउँपालिकाले चिस्यान केन्द्र निर्माणलाई प्राथामिकता दिएको छ । भारत लगायत अन्य ठाउँबाट महेंगो साग तरकारी फलफुल किन्नु परेकोले स्थानीय किसानलाई प्राथामिकतामा राखेर पालिकाले चिस्यान केन्द्र निर्माणमा जोड दिएको हो ।

पालिकाले वडा नं. २ मा रहेको गौडीटोलमा एक सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्नका लागि ठाउँखाली गरिनुका साथै सफाई गरिरहेको छ । पालिकाले ५० लाख र ५० लाख संघिय सरकारका तर्फबाट विनियोजन भइसकेको छ । संघिय सरकार र बेलडाँडी गाउँपालिकाको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण गरिन थालेको छ । केहिदिनमै यसको डिपिआर गरि छिट्टै ठेक्का खोलिने जनाइएको छ ।

बेलडाँडी गाउँपालिकाले आलु,प्याज, अन्य तरकारी खेतीलाई मध्यनजर गर्दै शीतभण्डार निर्माण गर्न लागेको पालिका अध्यक्ष हरिश चन्द्र रानाको निजि सचिवालयले जनाएको छ । चिस्यान केन्द्र नहुँदा बेलडाँडीका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि लामो दूरी र महँगो शुल्क तिर्नुपर्ने भएकाले चिस्यान केन्द्र निर्माण गरिन लागेको अध्यक्षका स्वकीय सचिव कुलैराज उपाध्यायले जानकारी गराउनु भयो ।

 

उत्पादन भएका आलु साग तरकारी सिजनमै बेचेर सिद्याउनु पर्ने यहाँका किसानको बाध्यता छ । शीतभण्डारमा भण्डारण गरिएका कृषि उत्पादन वस्तुलाई बेमौसममा बिक्री गर्न पाउँदा कृषकले राम्रो मूल्य पाउन सक्ने विश्वास गरिएको पालिका प्रमुख हरिशचन्द्र रानाले बताए ।

बेलडाँडीमा चिस्यान केन्द्र बन्ने भएपछि यहाँका किसानहरु उत्साहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित