बेलडाँडी गाउँपालिका भवनबाट अज्ञात समूहले मह काट्दा सडकमा हिडडुल गर्न सास्ती, मौरीले टोक्दा ६ जना घाइते

बेलडाँडी, २३ मंसिर । बेलडाँडी गाउँपालिका भवनबाट अज्ञात समूहले हिजो राती मह काट्दा सडकमा हिडडुल गर्न सास्ती भएको छ भने मौरीले टोक्दा ६ जना घाइते भएका छन् ।

 

शुक्रवार राती करिब १२ बजेको समयमा गाउँपालिका भवनमा गोला लगाई बसेका मौरीबाट अज्ञात समूहले मह निकाल्दा उल्थिएका मौरीले सडकमा हिडडुल गर्ने बालवालिका तथा पशुचौपायालाई टोक्दा ६ जना भन्दा बढीलाई घाइते बनाएको बेलडाँडी गाउँपालिका वडा नं.२ का निर्वतमान अध्यक्ष प्रेमराज खातीले जानकारी गराउनु भयो ।

 

स्थानीय समेत रहेका खातीका अनुसार रातीको करिब १२ बजेको समयमा पालिकाका कर्मचारी, जनप्रतिनिधीहरुको मिलोमतोमा मह निकाले पछि उल्थिएका मौरीले विहान सडकमा हिडडुल गर्नेहरुलाई टोकेको बताए । उनले भने टोकेका बालबालिका कराउन थालेपछि आफुले आगोबालेर धुवाँ बनाउदा केहि रातह भएको बताए । खातीले आक्रोस हुदै भने गाउँपालिका भित्र बाट बारम्वार विभिन्न कागजात लगायतको भौतिक समान गायब हुन्छ कसरी हुन्छ ? यसरी रातीको १२ बजे तिर भारतीय नागरिकद्धारा मह निकाल्न लगाउनु कहाँ सम्मको लाप्रवाही हो आफै बुझ्नुस् भन्नु ।

यस्तै पालिका नजिकैका स्थानीय नरेन्द्र रोकायाले गाउँपालिकाको मिलेमतोमा यस्तो कार्य भएको बताए । मुल गेटमा ताला लागेको हुन्छ, मिलेमतो नभए कसरी ती मौरी शिकारी भित्र गए वहाँले भन्नु भयो । यसरी राती गाउँपालिका प्रमुखलाई थाहाँ नहुने गरी गरिने कार्य निन्दनिय भएको बताए ।

यस विषयमा पालिका अध्यक्ष हरिशचन्द्र रानालाई सोध्दा कसले मह निकाल्यो आफुलाई समेत कुनै जानकारी नभएको बताउदै यस विषयमा आफुले पनि बुझ्न लागेको बताउनु भयो । “मलाई पनि भर्खरै फोन आउन थालेपछि थाहाँ पाएको हु उनले भने”। मौरीलाई उल्थ्याउनु ठिक नभएको वहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित