रास्वपा सुप प्रदेश इन्चार्ज महताले खोले आधुनिक मासु पसल

केशव थापा/कञ्चनपुर, १५ पुष । कुरा र कोरा भाषण होईन काम गरेर देखाउनुपर्छ भन्ने प्रणका साथ राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिका एक युवा नेताले मासु पसल खोलेका छन । राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिम प्रदेशका इन्चार्ज ज्ञानेन्द्र महताले मासु पसल खोलेको हुन ।

 

रास्वपा प्रदेश इन्चार्ज महताले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा वेष्टर्न मल्टीमिट मार्ट पसल संचालनमा ल्याएका हुन । उनले ३०लाख लागतमा मिटमार्ट संचालनमा ल्याएको बताए ।

मासु उत्पादक किसानको मासु खरिद गरेर उपभोक्तालाई गुणस्तरिय मासु प्रदान गर्ने लक्ष्यका साथ आधुनिक मिटमार्ट संचालनमा ल्याएको बताए । ‘किसानले उत्पादन गरेका लोकल कुखुरा, खसी, जिउँदै माछा एव मासुजन्य पदार्थ हामी सहजै खरिद गछौँ, ‘उनले भने, ‘हामीले उपभोक्तालाई ताजा मासु उपलब्ध गराउँछौँ ।’

 

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुदूरपश्चिका निर्देशक डा.पानसिह ठगुन्नाले उक्त मासु पसलको एक कार्यक्रमका विच उद्घाटन गर्दै आम उपभोक्तालाई स्वच्छ, ताजा एव गुणस्तरिय मासु उपलब्ध गराउनुपर्नेमा जोडदिए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक ठगुन्नाले मासु जाँचऐन अनुरुप कतिपय मासु पसल संचालनमा नभएको अवस्थामा उक्त मासु पसलले ऐन अनुरुप संचालन गरेको बताए ।

 

‘यसरी आधुनिक मिटमार्टले किसान र उपभोक्ता दुवैलाई हितगर्छ, ‘उनले भने, ‘नियमित सेवा संचालन गर्नुपर्छ ।’ राजनीतिमा लागेरका युवा यसरी उत्पादन, व्यवसायमा जुटेपछि राजनीति समेत आत्मनिर्भर बन्नेमा जोडदिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित